८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको वामदेव गौतमलाई सांसद बनाउने निर्णय अलपत्र



अ+ अ-

प्रधानमन्त्री पूर्ण स्वस्थ नभएसम्म सांसद बन्ने गौतमको सम्भावना टर्यो

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय भने अलपत्र परेको छ । पार्टी निर्णय कार्यान्वयन नगरी प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण हुँदै छ ।

पार्टी निर्णय कार्यान्वयनका लागि दबाब दिँदै आएका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरू पनि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका कारण मौन बसेका छन् ।

वरिष्ठ नेता नेपालले तत्कालका लागि खतिवडालाई मन्त्रीमा निरन्तरता दिँदै गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी निर्णय पनि कार्यान्वयन गर्न ओलीलाई सुझाब दिँदै आएका थिए । तर, प्रधानमन्त्री ओली यो सुझाबमा पनि गएनन् । अब उनी पूर्ण स्वस्थ नभएसम्म सांसद बन्ने गौतमको सम्भावना टरेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार गौतमको नाम अहिलेसम्म मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपति कार्यालयमा सिफारिस भएको छैन । नयाँ पत्रिका दैनिक