१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस

जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस
अ अ+ अ-

काठमाडौँ। विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तरराष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का निष्कर्षबारे केन्द्रित समीक्षा, उपलब्धि र भावी मार्गचित्र विषयक संवाद सम्पन्न भएको छ ।

युथ एड्भोकेसी नेपालले आज यहाँ आयोजना गरेको संवादमा सरोकार भएका तथा विज्ञहरूले जलवायु परिवर्तन रोकथाम, कार्बन उत्सर्जन न्यूनीकरण, दिगो भविष्य निर्माण, सीमान्तकृत समुदायका मुद्दा तथा विकसित मुलुकको कमजोर प्रतिबद्धताबारे बहस गरेका थिए ।

कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार नरेन खतिवडाले जलवायु परिवर्तनसँग जुध्न युवाको नेतृत्व विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । उपप्राध्यापक प्रतिमा गुरुङले आदिवासी, जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा अन्तरराष्ट्रिय मञ्चका प्रक्रियामा समेटिनुपर्ने सुझाव दिनुभयो ।

‘लाभिया क्यापासिना’ प्रतिनिधि प्रेमश अधिकारीले विकसित राष्ट्रहरूले उत्सर्जन गर्ने हरितगृह ग्यासको प्रभावले गरिब मुलुकहरू बढी प्रभावित भएको उल्लेख गर्नुभयो । जलवायु अभियन्ता प्रयास अधिकारीले जलवायु नीतिमा लैङ्गिक तथा सीमान्तकृत समुदायको सहभागिता अनिवार्य रहेको बताउनुभयो ।

एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले राष्ट्रिय तथ्याङ्क, युवा सहभागिता र भावी रणनीतिबारे जानकारी गराउदै नेपालजस्ता विकासशील राष्ट्रका जलवायु प्राथमिकतामा युवाको आवाज थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस