१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितले सेवा दिँदै

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितले सेवा दिँदै
फाइल फोटो
अ अ+ अ-

दाङ। दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन्।

३८औँ विश्व एड्स दिवस २०२५ का अवसरमा स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा, दाङ प्लस, नागार्जुन डेभलपमेन्ट कम्युनिटी, घोराही उपमहानगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहआयोजनामा भएको  सचेतनासम्बन्धी कार्यक्रमका उक्त जानकारी दिइएको छ ।

कार्यक्रममा सहभागीले एचआइभी एड्सको सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य सचेतनासँगै सावधानी आवश्यक रहेकोमा जोड दिनुभएको थियो । नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका प्रबन्धक वसन्त खनालले जिल्लामा हाल ४७१ जना एचआइभी सङ्क्रमितले उपचार सेवामा लिइरहेको बताउनुभयो । जसमा २२७ पुरुष, २३६ महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र  १८ बालबालिका उहाँको भनाइ छ ।

जिल्लामा एआरटी सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमार्फत सेवा दिइँदै आइएको छ । स्वास्थ्य कार्यालय दाङ, स्थानीय तह र समुदायमा आधारित  स्वास्थ्य संस्थाहरुले समुदायमै पुगेर परीक्षण, परामर्श, जोखिम पहिचान, कण्डम वितरण, सुई÷सिरिञ्ज कार्यक्रम, स्वास्थ्य शिक्षा तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइएको छ ।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मेघराज आचार्यले यससम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको बताउनुभयो । घोराही उपमहानगरपालिका, स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, स्वास्थ्य कार्यालयका कुन्दन ठाकुरलगायतले एचआइभी रोकथामका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस