२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यू–१९ प्रिमियर कपः नेपाल उपविजेता, युएईसँग २७ रनले पराजित



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पराजित भएको छ ।

अजमानस्थित करवान मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल आयोजक युएईसँग २७ रनले पराजित भएको हो ।

१४७ रनको लक्ष्य पछ्याएको नेपाल ३२.२ ओभरमा १२० रनमै अलआउट भयो । नेपालका कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाउँदा रोशन विश्वकर्मा र आशिश लुहारले २५–२५ रन बनाउँदा अन्य ब्याटरले रन बनाउन सकेनन् ।

बलिङतर्फ युएईका युग जय शर्मा र अलि अस्गर शम्सले तीन–तीन तथा उदिस सुरी र नुरउल्लाह अयोबीले दुई–दुई विकेट लिए ।

त्यसअघि नेपालविरुद्ध घरेलु टोली ४५ ओभर ५ बलमा १४७ रनमा अलआउट भयो ।

युएईलाई सस्तैमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए । यस्तै, अपराजित पौडेलले २ तथा नितेज पटेल र अशोक धामीले एक–एक विकेट लिए ।

ब्याटिङमा युएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर फल्प सावित भए ।

नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा स्थान बनाउनेछ ।

प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।