३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

कोसँग विवाह बन्धनमा बाँधिइन् सामन्था ?

कोसँग विवाह बन्धनमा बाँधिइन् सामन्था ?
अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री सामन्था रुथ प्रभुले सोमबार ‘द फ्यामिली म्यान’का प्रोड्युसर–डाइरेक्टर राज निदिमोरूसँग विवाह गरेकी छिन्।

उनीहरूको विवाह कोयम्बटूरस्थित ईशा योग सेन्टरको लिङ्ग भैरवी मन्दिरमा प्राचीन योगिक परम्पराअनुसार सम्पन्न भयो।

सामन्थाले विवाहका तस्वीरहरू सार्वजनिक गर्दै आधिकारिक घोषणा गरेकी छिन्। उनले तस्वीरसँग लेखेकी छन्– “०१.१२.२०२५”

प्राचीन योगिक परम्पराअनुसार सामन्था–राजको विवाह

सामन्था–राजले केवल परिवारका सदस्यहरू र नजिकका साथीहरूको उपस्थितिमा एक इन्टिमेट वेडिङ गरेका हुन्। दुवैले ओशोको ईशा फाउन्डेशन अन्तर्गत पर्ने लिङ्ग भैरवी मन्दिरमा प्राचीन योगिक परम्पराअनुसार ‘भूत शुद्धि विवाह’ सम्पन्न गरेका हुन्।

यो एक विशेष प्रक्रिया हो, जसले विवाह गर्ने दुई व्यक्तिहरूबीच यस्तो गहिरो सम्बन्ध बनाइदिन्छ, जुन केवल सोच, भावना वा शरीरमा सीमित नहुने गरी पाँचै तत्वको स्तरमा एक–अर्कासँग जोडिन्छ।

लिङ्ग भैरवी मन्दिर वा केही विशेष स्थानहरूमा मात्र गरिने यो विवाह प्रक्रियाले दम्पतीभित्र रहेका पाँच तत्वलाई शुद्ध गर्छ र उनीहरूको सम्बन्धमा शान्ति, समृद्धि तथा आध्यात्मिक सन्तुलन स्थापना गर्छ, जुन देवीको कृपा मानिन्छ।

राज निदिमोरूकी पूर्व पत्नीको क्रिप्टिक पोस्ट

आइतबार साँझ सामन्था र राज निदिमोरूको सगाइको समाचार सार्वजनिक भएपछि राजकी पूर्व पत्नी श्यामली डेले एक क्रिप्टिक पोस्ट शेयर गरेकी थिइन्। उनले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमा लेखेकी थिइन्— “उतावला मानिस उतावलै काम गर्छ।”

सामन्था र राज निदिमोरूको डेटिङका चर्चा विगत केही महिनादेखि चर्चामा थिए। दुवैले लोकप्रिय सिरिज द फ्यामिली म्यान को दोस्रो सिजनमा सँगै काम गरेका थिए। यो सिरिज २९ डिसेम्बर २०२० मा रिलिज भएको थियो।

त्यसपछि उनीहरू धेरै पटक सँगै देखिएका थिए। हालै सामन्थाले राजलाई अङ्कमाल गरिरहेको तस्वीर पोस्ट गर्दै रिलेशनशिपको सङ्केत समेत दिएकी थिइन्। यद्यपि दुवैले आफ्नो सम्बन्धलाई औपचारिक रूपमा स्वीकार गरेका थिएनन्।

राज निदिमोरू को हुन् ?

५० वर्षका राज निदिमोरू एक चर्चित फिल्ममेकर हुन्। उनी र डीके (कृष्णा दसराकोठापल्ली)को जोडी फिल्म उद्योगमा निकै लोकप्रिय छ।

दुवैले यूकेबाट सफ्टवेयर इन्जिनियरिङ गरेपछि २००२ को फिल्म शादी डट कम बाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि २००३ मा उनीहरूले ९९ फिल्म लेखे, निर्माण गरे र निर्देशन समेत गरे। त्यसपछि शोर इन द सिटी, गो गोवा गोन, ह्याप्पी एन्डिङ, ए जिन्टलम्यान जस्ता फिल्महरू लेख्नुका साथै निर्देशन पनि गरे।

सन् २०१९ बाट राज–डीकेले ओटीटी क्षेत्रमा कदम राखे र मनोज बाजपेयी अभिनीत सिरिज द फ्यामिली म्यान बनाए। पछि फर्जी, सिटाडेल, गन्स एण्ड गुलाब जस्ता सिरिज पनि बनाए। साथै श्रद्दा कपुर र राजकुमार राव अभिनीत फिल्म स्त्री पनि यही जोडीले लेखे र निर्माण गरेका हुन्।

राज निदिमोरूले २०१५ मा श्यामली डे संग विवाह गरेका थिए तर २०२२ मा उनीहरूबीच डिभोर्स भयो।

२०२२ मा सामन्थाले नागा चैतन्यसँग डिभोर्स गरेकी थिइन्

सामन्था रुथ प्रभू र नागा चैतन्य फिल्म ये माया चेसावे मा सँगै देखिएका थिए। सोही फिल्मको सेटमा उनीहरू नजिकिए र ७ वर्षको सम्बन्धपछि २०१७ मा विवाह गरे। उनीहरूको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्पराअनुसार सम्पन्न थियो।

विवाहपछि सामन्थाले आफ्नो थर अक्किनेनी राखेकी थिइन्। तर जुलाई २०२१ मा उनले सामन्था अक्किनेनीबाट नाम बदलेर फेरि सामन्था रुथ प्रभू राखिन्।

त्यसपछि नै उनीहरूबीच डिभोर्सका खबरहरू सार्वजनिक हुन थाले र अक्टोबर २०२१ मा दुवैले आधिकारिक रूपमा डिभोर्सको घोषणा गरे।

सामन्थासँग डिभोर्स भएको दुई वर्षपछि नागा चैतन्यले अभिनेत्री शोभिता धुलीपलासँग विवाह गरे।