काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
यसैबीच प्रेतियोगिताको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य पाएको छ ।
युएईमा जारी नेपालविरुद्ध घरेलु टोली ४५ ओभर ५ बलमा १४७ रनमा अलआउट भयो ।
युएईलाई सस्तैमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए ।
यस्तै, अपराजित पौडेलले २ तथा नितेज पटेल र अशोक धामीले एक–एक विकेट लिए ।
ब्याटिङमा युएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर फल्प सावित भए ।










