२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ प्रिमियर कपः उपाधि जित्न नेपालले पायो १४८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

यसैबीच प्रेतियोगिताको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य पाएको छ ।

युएईमा जारी नेपालविरुद्ध घरेलु टोली ४५ ओभर ५ बलमा १४७ रनमा अलआउट भयो ।

युएईलाई सस्तैमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए ।
यस्तै, अपराजित पौडेलले २ तथा नितेज पटेल र अशोक धामीले एक–एक विकेट लिए ।

ब्याटिङमा युएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर फल्प सावित भए ।