३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
अ+ अ-

गण्डकी । शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ ।

पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न सङ्घ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गरिने महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । कृषिलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष असारे रोपाइँ महोत्सव गर्दै आएको परिषद्ले गत वर्षदेखि दाइँ महोत्सवसमेत गर्न थालेको छ ।

‘पोखरा सबै मौसमका लागि’ नाराका साथ कृषिलाई पर्यटनसँग जोड्न परिषद्ले २०६१ सालदेखि बर्सेनि असार १५ गते पोखरा आसपासका क्षेत्रमा असारे रोपाइँ महोत्सव गर्दै आएको थियो । परिषद्ले गर्दै आएको महोत्सवकै कारण त्यसको सिको गर्दै पोखरा आसपासका विभिन्न क्षेत्रमा त्यहाँको स्थानीय सरकार, स्थानीयवासीको सक्रियतामा रोपाइँ महोत्सव गरिँदै आएको छ ।

यस वर्ष पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो दाइँ महोत्सव सम्पन्न गरेको परिषद्का प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि भुजेलले जानकारी दिनुुभयो । पोखराको सेती नदीको किनारस्थित ढुङ्गे साँघुमा माघे संक्रान्तिका अवसरमा लाग्ने मेला नेपालकै प्राचीन मेला मध्येमा पर्दछ । भगवान रामसीतासँग जोडिएको यो मेला त्रेतायुगदेखि लाग्दै आएको विश्वास गरिएको छ । ऐतिहासिक दस्तावेजअनुसार यो मेला १९६४ सालदेखि लाग्दै आएको पाइन्छ ।

स्थानीय उत्पादन ठूलो मात्रामा बिक्री वितरण हुने यस मेलामा कास्की जिल्ला मात्र नभै आसपासका जिल्लाबाट सरसमान किनमेल गर्न र मेला हेर्न सर्वसाधारण आउने गरेका छन् । ढुङ्गेसाँघुको मेला हेर्न माघे संक्रान्तिका दिनमा भगवान शिव, ब्रह्मा, विष्णुलगायत विभिन्न देवीदेवता आउने जनविश्वास छ । भगवान् राम र सीता आफ्नो जीवनकालमा यहाँस्थित सीताघाटमा आएको विश्वासले पनि यहाँको धार्मिक महत्व अझै चुलिएको पाइन्छ ।

पोखरामा पछिल्लो समय पुम्दीकोटस्थित विशाल महादेव मूर्ति, सराङ्कोटस्थित पञ्चमुखी महादेव मन्दिरसँगै साहसिक पर्यटनका विभिन्न पूर्वाधार एवं गतिविधि थपिएका कारण मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको छ । मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको परिषद्का अध्यक्ष पहारीले बताउनुुभयो ।

अङ्ग्रेजी नयाँ वर्षमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन ९रेवान० पोखराले गर्दै आएको पोखरा सडक महोत्सवको २७औँ संस्करण आगामी पुस १३ गतेदेखि १७ गतेसम्म गर्ने गरी तयारी रहेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुुभयो । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा लेकसाइड क्षेत्रमा गरिने सडक महोत्सव पोखराको पहिचान नै बनिसकेको उहाँको भनाइ छ । ‘ सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नारासहित गरिने महोत्सव व्यवस्थित गरिँदै लगिएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घले हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालिसकेको छ । सङ्घले यही मङ्सिर १७ देखि २२ गते पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ आयोजना गर्न लागेको सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनुुभयो ।

विसं २०११ मा स्थापित सङ्घले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरमा रुपान्तरण गर्नका लागि २०४२ सालमा पहिलो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो । मेलाका अवसरमा हुने व्यापार व्यवसायले यहाँको अर्थतन्त्रमा केही न केही योगदान पु¥याउने गरेको छ । पोखराकै लेखनाथ क्षेत्रमा लेखनाथ उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दैआएको छ । होत्सवले यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेलेको सङ्घका अध्यक्ष जानुका पराजुलीले जानकारी दिनुुभयो ।

सङ्घले पुस ३ देखि १४ गतेसम्म पोखरा महानगरपालिका–२७ तालचोकमा २१औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको छ । सङ्घले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको छ । विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा जुटाएर लेखनाथ क्षेत्रको पहिचान गराउँदै आएको छ । महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनको प्रर्दशनी एवम् विक्री हुँदै आएको छ ।

युनाइटेड क्लब पोखराले आयोजना गर्दै आएको पोखरा महोत्सवको १४औँ संस्करण आगामी पुष २९ देखि माघको ११ गतेसम्म गरिने भएको छ । पोखराको अमरसिंह चौरमा बर्षेनि हुँदै आएको सो महोत्सव यहाँको पर्यटकीय पहिचान बन्दै गएको छ । यी महोत्सवसँगै हरेक वर्ष नेपाली नयाँ वर्षमा होटेल सङ्घ पोखराले गर्दै आएको फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, तीजमा पर्यटन व्यवसायी महिला सङ्घ ९टेवान० पोखराले गर्दै आएको तीज सांस्कृतिक महोत्सव, पोखरा–४ ले गर्दै आएको यःमरी महोत्सव, नेवाः खलले गर्दै आएको गाईजात्रा महोत्सव, लेखनाथ होटेल तथा रेष्टुरेण्ट एशोसिएशनले गर्दै आएको फिस फेष्टिवललगायत महोत्सवले पोखराको समग्र पर्यटनमा योगदान पुग्दै आएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

पोखरामा सञ्चालन हुने मेला महोत्सवको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गर्दै आएको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले बताउनुुभयो । रासस