१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

सरकारलाई रास्वपाका कार्यवाहक सभापति अर्यालको चेतावनीः रवि र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगरियोस्

सरकारलाई रास्वपाका कार्यवाहक सभापति अर्यालको चेतावनीः रवि र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगरियोस्
फाइल फोटो
अ अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई रास्वपाले पूर्णरुपमा सहयोग गरिरहेको भएपनि सरकारले सोअनुसारको व्यवहार गर्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले  निर्वाचनको वातावरण निर्माणमा ध्यान केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोगका लागि समेत सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो सरकारलाई चुनाव गराउनको लागि आवश्यक टेको लगाइरहेका छौँ । तर यो सरकारले पनि रवि लामिछाने वा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि अथवा परिवर्तनका पक्षधरमाथि यो सरकारले पनि नजरअन्दाज ग¥यो भने आज राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएको छ, अबको दिनमा अझै ठुलो बन्नेछ । हामीलाई सडकमा आउन बाध्य नपारियोस् । यो सरकारलाई शंकाको सुविधा दिँदै शान्तीपूर्ण तरिकाको चेतावनी पनि हो । यो सरकारले आफ्नो म्याण्डेडमा बसेर समयमै निर्वाचन गराओस् । राजनीतिक दलहरुलाई हामीले आह्वान गरिरहेका पनि छौं । र दलहरुले शान्ती, भयरहित र निश्पक्ष रुपमा निर्वाचन गराउनको लागि सबै राजनीतिक दलहरुले पनि काम गर्नुपर्नेछ ।’

उहाँले विवेकशील पार्टीसँगको एकतापछि पार्टी झनै बलियो भएको भन्दै ठूलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल