२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकीकरणले पायो पूर्णता



अ+ अ-

कास्की । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लामा पार्टी कमिटी एकीकरणको काम सम्पन्न गरेको छ । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठनको लामो समयपछि जिल्ला तहमा एकीकरण प्रक्रियाले पूर्णता पाएको हो ।

नेकपाको मङ्गलबार सम्पन्न जिल्ला कमिटीको पूर्ण बैठकले जिल्लाका चारवटै गाउँपालिकाका अध्यक्ष र सचिव चयन, महानगर कमिटी तथा जिल्ला सचिवालय समिति गठनलाई पूर्णता दिएको जनाइएको छ । चार गाउँपालिका मध्य रुपा र माछापुच्छेको नेतृत्व पूर्वएमाले तथा मादी र अन्नपूर्णको नेतृत्व पूर्वमाओवादीले पाएको छ । मादीको कमिटीको अध्यक्षमा कृष्ण दाहाल तथा सचिव पदमप्रसाद पौडेल तथा रुपामा अध्यक्ष सवाबक्स मियाँ तथा सचिव नवराज बराल चयन हुनुभएको छ ।

अन्नपूर्णमा अध्यक्षमा धर्मप्रसाद तमु र सचिव लक्ष्मीप्रशाद अधिकारी तथा माछापुच्छेमा कमिटी अध्यक्षमा जगन्नाथ बाँस्तोला र सचिव वैकुण्ठप्रसाद भण्डारीलाई सर्वसम्मत निर्णय गरी अनुमोदनका लागि पार्टी प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटीका सचिव बखानसिँह गुरुङले जानकारी दिनुभयो ।

पोखरा महानगर कमिटीका अध्यक्ष र सचिव भने गत असोजमै चयन भएका थिए । नेकपाले भागबन्डाका आधारमा स्थानीय तहको नेतृत्व तथा कमिटी सदस्य टुङ्गो लगाएको हो । बैठकले ५१ सदस्यीय जिल्ला सचिवालय कमिटीसमेत गठन गरेको हो । सचिवालयमा पूर्वएमालेबाट २९ र माओवादीबाट २२ सदस्य छन् ।

त्यसैगरी सात सदस्सीय जिल्ला कार्यालयमा कल्पना पाण्डे र भीमबहादुर विकलाई चयन गरिएको सचिव गुरुङले जानकारी दिनुभयो । बैठकले १२५ सदस्यीय महानगर कमिटीसमेत टुङ्गो लगाएर अनुमोदनका लागि सिफारिस गरिएको बताइएको छ । गाउँपालिकामा लामो समय नेतृत्व चयन नहुँदा पार्टीका गतिविधि नहुँदा कार्यकर्ताले निरासा व्यक्त गरेका थिए ।

पार्टी समायोजनका काम सम्पन्न भएपछि नेकपाले आगामी चैत १ गतेदेखि शुभारम्भ हुने तीनमहिने जनसम्बन्ध विकास तथा सङ्गठन सुदृढीकरण केन्द्रीय अभियानमा जिल्लामा सञ्चालन गर्ने पार्टी अध्यक्ष कृष्ण थापाले बताउनुभयो । अभियानका क्रममा जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिइने, निर्वाचन क्षेत्रीय कमिटी गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च बनाउने तथा दुवै तर्फका पार्टी सदस्यलाई एकाइमा गोलबन्द गर्ने र चैत मसान्त भित्रमा सबै नवीकरण सम्पन्न गरिने थापाले उल्लेख गर्नुभयो ।