२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजा खेतिबाट खरबौंको कमाई हुन्छ त्यसैले यो विद्येयक पारित हुन्छ : सांसद तामाङ



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफूहरुले धेरै सोच र विचार गरेर नेपालमा गाँजा खेति व्यवस्थापन तथा नियमन गर्न संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा प्राईभेट विल दर्ता गराएको स्पष्ट पारेका छन् । उक्त विद्येयक सर्वसम्मतीले पारित हुनेपनि उनले विश्वास दिलाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद तामाङले उक्त विद्येयक गैरसरकारी रूपमा दर्ता गरिएको सुनाउँदै नेपालमा गाँजा खेति खुल्ला गरिए नेपाली जनता तथा देश नै समृद्ध हुने पनि दाबी गरे । उनले भने,‘नेपालमा गाँजा त प्राकृतिक रुपमा नै उत्पादित वनस्पती हो । त्यसमा पनि यसमा औषधीय गुण हुन्छ । नेपालको गाँजा विश्वकै महँगो गाँजाको रुपमा बिक्रि हुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गाँजा खेति खुल्ला गरिए नेपाल र नेपालीहरु आयआर्जनको हिसाबले पनि धनी र समृद्ध हुने पटक–पटक विश्वास दिलाए । उनले थपे,‘गाँजा खेतिलाई वैधानिक बनाउन सकियो भने जनतामात्रै होईन, देशपनि समृद्ध हुन्छ । त्यही भएर हामीले संसदमा गैरसरकारी विद्येयकको रुपमा यसलाई दर्ता गराएका छौं ।’ उनले अन्तर्राष्ट्रिय रुपमा पनि गाँजाको कारोबार अरबमा नभएर खरबौं रुपैयाँमा भैरहेको दृष्टान्त सुनाए । उनले भने,‘नेपालले पनि भोलि यसबाट ठूलो आर्थिक लाभ लिनसक्छ ।’

उनले गाँजाको सेवनमात्रै नभएर यसको रेसाबाट कपडासमेत बन्ने गरेको पनि सुनाए । ‘गाँजाको रेसाबाट बन्ने कपडा त विश्वमै महँगो कपडाको रुपमा बिक्रि भैरहेका छन् ।’–उनले थपे,‘यसबाट बनेका कपडाहरुको विश्व बजारमा अत्यन्तै ठूलो माग छ । खासगरी गाँजाको रेस्साबाट बन्ने कपडाका कोटहरु त झनै महँगा छन् ।’ उनले गाँजामा औषधीय गुण भएकोले यसलाई रोक्न नहुने पनि तर्क गरे । तर, नेपालको हकमा यसको सेवनमा भने पूर्णतः कानून लागु हुनेपनि सचेत गराए । उनकाअनुसार २१ वर्ष पुगेकाहरुले चिकित्सको सुझावअनुसार सेवन गर्न सकिनेछ ।

विश्व स्वास्थ्य संगठनले पनि गाँजालाई लागुऔषधमा नराखेको सुनाउँदै यसतर्फ नेपालले पनि ध्यान दिनुपर्ने तामाङको तर्क छ । उनले भने,‘संयुक्त राष्ट्रसंघले त आफ्ना सदस्य राष्ट्रहरुलाई पत्राचार नै गरेर गाँजा लागुऔषध नभएको कुरा स्पष्ट रुपमा भनिसकेको छ। त्यही भएर ४० भन्दा बढि राष्ट्रले त गाँजालाई वैधानिकता दिईसकेका छन् ।’ उनले विश्व प्रतिष्पर्धाको बजारमा पनि नेपालको गाँजा नम्वर एक हुनसक्ने दाबी गरे । आफूहरुले नेपालीलाई कुनै दुव्र्यसनीको शिकार बनाउनको लागि यो कुरा नगरेको पनि तामाङले स्पष्ट पारे । उनले थपे,‘गाँजाको उत्पादनमा पूर्ण छुट हुन्छ। तर, सेवनको लागि कानून बनाउँछौं । र, चिकित्सको प्रेस्किप्नबिना सेवन गर्न दिनुहुँदैन्।’
तामाङले भोलि कसैले नियम तथा कानून उल्लंघन गरे एक वर्षसम्म जेल सजाय र एक लाखसम्म जरिवाना हुनेसमेतको व्यवस्था गर्न लागिएको सुनाए । उनले गाँजामा ४५० भन्दा बढि औषधीय गुण रहेको पनि सुनाए । उनले नेपाललाई समृद्ध राष्ट्र बनाउनको लागि गाँजा खेति खुल्ला गर्दा उक्त योजना ‘गेम–चेन्जर’ हुनसक्नेपनि तर्क गरे । उनले विद्येयक शतप्रतिशत पारित हुने दाबी दोहोर्याए । तर, नेपालमा यो विद्येयक पारित भएपनि आफूहरुले सेवनकोलागि प्रोत्साहन नगरेको पनि उनको जिकिर थियो ।
उनले नेपालमा विदेशी पर्यटकहरुको लागि गाँजा सेवन खुल्ला गर्ने हो भने वर्षमा लाखमा नभएर करोडको संख्यामा विदेशी पर्यटकहरु आउनसक्नेपनि सम्भावना औंल्याए । यद्धपी यो विषय अहिले छलफलको पाटोमा नपरेको उनको स्विकारोक्ति थियो । उनले थपे,‘६० र ७० को दशकमा विदेशीहरु नेपाल गाँजा सेवनकैलागि आउँथे । अब भोलिको दिनमा यसलाई खुल्ला गर्ने वा नगर्ने भन्ने विषय यो पूनः छलफलको विषय बन्न सक्ला । म दाबाका साथ भन्छु, यदि विदेशीका लागि गाँजा खुल्ला गरियो भने नेपालले बेचेर भ्याउँदैन् ।’

नेपालकै आफ्ना उत्पादन खासगरी रोल्पा र जुम्लाका स्याउले बजार नपाएको अवस्थामा नेपालको गाँजाले अन्तर्राष्ट्रिय बजार पाउँछ भन्नेमा के ग्यारेन्टी छ ? भनेर एक पत्रकारले सोधेका प्रश्नमा पूर्वमन्त्री तामाङले भने,‘त्यो त हाम्रो मेकानिजमको कमजोरी हो । हामीले जुम्ला र रोल्पाका स्याउ काठमाडौं ल्याउनको लागि राम्रो संयन्त्र बनाउन सकेनौं । तर, काठमाडौंबाट रक्सी र बियरका बोटल कसरी त्यहाँ पुगेका छन् ? त म प्रश्न गर्न चाहन्छु । म भन्छु नेपालका स्याउले बजार पाउनुपर्छ ।’ उनले नेपालका यार्सा गुम्बाहरु नेपालमै बिक्रि, वितरण गर्नुपर्नेमा जोड दिए ।

उनले संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा गाँजा बेचेरै वार्षिक २४ खर्बको आम्दानी भएको सुनाउँदै नेपालमा पनि गाँजा खेतिको खुल्लाबाट लाभ लिन सकिने प्रचुर सम्भावना सुनाए । उनले भने,‘यो चर्चाको विषयमात्रै होईन, हामीले निकै मेहनत, अध्ययन तथा अनुशन्धान गरेर यो विषय ल्याएका हौं । यसभन्दा पहिले हामीले विज्ञ समूह, चिकित्सकहरुसँगपनि छलफल तथा परामर्श गरेका थियौं । वाग्मती प्रदेशबाट माननीय केशब स्थापितजीलाई यो विषयमा बोल्न लगाएर जनमत बुझेका थियौं । शीर्ष तथा प्रभावशाली नेताहरुसँगपनि हामीले यो विषय छड्के रुपमा राखेका थियौं । उहाँहरुले पनि यो राम्रो हो भन्नुएको थियो । केही माननीयहरुले विरोध गर्नु अलग कुरा हो । तर, प्रायः सबै माननीयज्यूहरुले यसमा सहमत जनाउनुभएको छ । यो विद्येयक पारित हुन्छ ।’

त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमा गराएकोमा गर्व महशुस गर्दै अत्यन्तै सकारात्मक निर्णय गरेको भन्दै धन्यवाद दिए । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । तामाङले आफू भोलि जस्तोसुकै ठूलो ओहादामा पुगेपनि उपचारको लागि देशबाहिर नजाने समेत प्रण गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री दिपक खड्काले नेपालमा गाँजा खेति खुल्ला गर्ने विषय संवेदनशील भएको भन्दै यसमा विशेष छलफल र ध्यान दिनुपर्ने सुझाव दिएका छन् । उनले सपना पनि पूरा हुने खालका देखाउनुपर्ने सुझाए । उनले भने,‘नेपालले डेढ खर्बको धान, कोदो र मकै मुलुक बाहिरबाट किनेर ल्याएको छ । सिंचाई हुने उत्पादित जमिन पनि अहिले बाँझै छ । युवाहरु विदेश पलायन भएका छन् । नेपालबाट ब्रेन र मसल दुवै ड्रेन भएको छ । अब यहाँ, नेपालमा बसेका र जो विदेश जान नसकेकाहरुलाई गाँजा सेवन गराएर डिप्रेसनको सिकार गराउन खोजेको हो ? म प्रश्न गर्न चाहन्छु ।’

उनले कमाई त गाँजाबाटमात्रै होईन रक्तचन्दनबाट पनि हुन्छ भन्ने कुरा नसुनेको होईन भन्दै गाँजा खेति खुल्ला गर्नुपर्ने विद्येयकको घुमाउरो पारामा विरोध गरे । उनले भने,‘गाँजा खेति त व्यवस्थित् गर्ने कुरा भयो, तर भोलिका दिनमा यसको असर के हुने हो ? हामीले आफ्नो धरातलपनि हेर्नुपर्छ । समृद्धि हाँसिल गर्नतर्फ मात्रै नेहेरौं ।’ उनले सत्ता पक्षका सांसदहरुले विद्येयक दर्ता गराएकोले फेल हुने सम्भावना नरहेको पनि सुनाए । उनले भने,‘सत्तापक्षका सांसदहरुले दर्ता गराएको विद्येयक हो, फेल हुने त कुरै छैन् । तर, हामीले यो विषयमा गम्भिर भएर सोचौं ।’

उनले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना भएको अवस्थामा आफू नकारात्मक कुरा गर्ने पक्षमा नभएपनि वर्तमान सरकार कुहिएको सिनोमा फसेजस्तै भएको टिप्पणी गरे । उनले भने,‘सरकारले समाजमा दङदङी बाँड्यो । सरकारले समृद्धिको कुरा त गरेको छ, तर आफ्नै मन्त्री भ्रष्टाचारमा मुछिएकोले अब समृद्धिको कल्पना गर्न गाह«ो छ ।’
उनले ठूलो त्याग, तपस्या र संघर्षबाट अहिलेको व्यवस्था प्राप्त भएकोले यसलाई जोगाउनु नै अहिलेको मुख्य काम भएको सुनाउँदै व्यक्ति अर्थात म मात्रै समृद्धि भएर हुँदैन देश नै समृद्ध बनाउनुपर्छ भन्नेतर्फ सरकारले सोच्नुपर्ने पनि सुझाव दिए ।

फरक प्रसँगमा उनले पार्टीभित्र देखिएको विवाद नेताहरुले विधान नमान्दा उत्पन्न भएको तर्क गरे । उनले भने,‘पार्टीभित्र विचार र छलफल हुन्छ । यसले नै चीरा पर्यो भनेर धेरैले भनेको पनि सुनियो ।’ उनले पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गर्दा होस वा केन्द्रिय सदस्यहरु मनोनित गर्दा नै किन नहोस विधान नमानेको भन्ने पनि आरोप पार्टीभित्र लागेको सुनाए ।

खड्काले प्रश्न गर्ने (रामचन्द्र पौडेल पक्ष) र निर्णय गर्ने (शेरबहादुर देउवा) दुवै समूहले विधान विपरित काम गरेको र दुवै समूह यसमा चुकेको आरोप लगाए । उनले भने,‘विधान सबैले मिचेका छन् । ५ जना नेतालाई चिक्त बुझ्दा विधान मिचेको कुरा नउठ्ने तर ५ जना नेतालाई चित्त नबुझ्दा चाहीँ विधान मिचेको कुरा उठ्ने गरेको छ । यो गलत हो ।’
पार्टीभित्र हुने छलफल तथा बहसले परिस्कृत गर्ने भए राम्रै हुने नत्र नकारात्मक असर पर्नेतर्फ पनि उनले पार्टी नेतृत्वलाई सचेत गराए । अहिले देखिएको विवादको विषयमा प्रश्न उठाउनेकोपनि कमजोरी रहेको उनको भनाई छ । उनले देउवा र पौडेल दुवै समूह सच्चिन जरुरी रहेको छ ।

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरे । उनले भने,‘उहाँको प्रत्यारोपण सफल भएको भन्ने सन्देश आएको छ । म शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ्यलाभको कामना गर्छु ।’ प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गौला प्रत्यारोपणको उपचार गरेकोमा धन्यवाद दिँदै यो सम्पूर्ण नेपालीहरुको लागि पनि प्रेरणाको स्रोत हुने विश्वास दिलाए ।

त्यस्तै, उनले कोरोना भाईरसको संक्रमण विश्वभरि फैलिएको उल्लेख गर्दै नेपालले पनि सचेतना अपनाउनुपर्नेमा जोड दिए । उनले भने,‘नेपालमा पनि कोरोनाको जोखिम उच्च छ, नेपाल सरकारले यसबारेमा के तयारी गरेको छ ? नेपाललाई जोखिममुक्त बनाउको लागि सरकारले आवश्यक पहलकदमी चालोस्।’ यसको लागि सबैले सजकता अपनाउनुपर्नेपनि उनको सुझाव छ । उनले चीन, भारत, दक्षिण कोरियाजस्ता अर्थतन्त्रको हिसाबलेपनि शक्तिशाली देशहरुको अर्थतन्त्र ध्वस्त भएको सुनाउँदै नेपालमा पनि यसको प्रभाव पर्न थालेको सुनाए । नेपाली उद्योगी तथा व्यवसायीहरुलाई सरकारले अनुदान दिनेबारेपनि सोच्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा पत्रकार ऋषि धमलाले अबदेखि कुनैपनि नेताहरुले उपचारको लागि विदेश नजाने प्रतिबद्धता गर्नुपर्नेमा जोड दिए ।