१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

सरकारको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालय नै देखियो उदासीन

सरकारको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालय नै देखियो उदासीन
अ अ+ अ-

सरकारी निर्णय कार्यान्वयन गर्ने/गराउने मूल जिम्मेवारीबाटै पन्छिएको महालेखाको ठहर

सरकारको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै उदासिनता देखाएको छ । सरकारी निर्णय कार्यान्वयन गराउने भूमिकामा रहेको प्रधानमन्त्री कार्यालय मूल जिम्मेवारीबाटै पन्छिएको महालेखाले औँल्याएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा सरकारको निर्णय कार्यान्वयन गर्न/गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को भूमिका प्रभावकारी नभएको औँल्याएको हो ।

नेपाल सरकारको कार्यविभाजन नियमावली २०७४ ले मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तोकेको छ । आर्थिक वर्ष ०७५/०७६ मा मन्त्रिपरिषद्का ६९ वटा बैठक बसेको थियो । ती बैठकबाट एक हजार आठ सय ८५ निर्णय भएका थिए । आर्थिक वर्ष ०७५र०७६ मा मन्त्रिपरिषद् समितिका ८१ बैठकले दुई सय २० निर्णय गरेका थिए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारले गरेका त्यस्ता निर्णयको कार्यान्वयनमा चासो नदेखाएको पाइएको हो ।

लेखा परीक्षणका क्रममा सरकारले गरेका निर्णयको कार्यान्वयन अवस्थाबारे जिज्ञासा राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बेखबर बनेको छ । ‘लेखा परीक्षणका क्रममा हामीले निर्णयको कार्यान्वयनको अवस्था माग गरेका थियौँ’ प्रधानमन्त्री कार्यालयको लेखा परीक्षणमा संलग्न महालेखाका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीको कार्यालयसँग कार्यान्वयनको कुनै सूचना पाइएन । निर्णय कार्यान्वयनको अवस्थाको अनुगमन प्रतिवेदन तयार भएको पाइएन ।’

तर, गत वर्ष प्रधानमन्त्रीको कार्यालयले मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयनको अवस्था अनुगमन गर्न सफ्टवेयर नै बनाएको थियो । ‘क्याबिनेट डिसिजन इम्प्लिमेन्टेसन मनिटरिङ सिस्टम’ नामको सफ्टवेयर बने पनि लागू भने भएन । मन्त्रिपरिषद्को कार्यालयले नै सफ्टवेयर बनाउने, तर कार्यान्वयन नगर्ने गरेको भन्दै महालेखाले प्रश्न उठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले पनि नियमित कामबाहेक प्रधानमन्त्रीको कार्यालयले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको बताए । उनले प्रधानमन्त्री कार्यालयको कार्यशैली विभागको भन्दा पनि कमजोर रहेको टिप्पणी गरे ।

संवैधानिक निकायको पारिश्रमिक गैरकानुनी बाटोबाट वितरण
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले न्यूनतम कानुनी प्रक्रिया पूरा गर्न पनि चासो नदेखाएको पाइएको छ । संवैधानिक निकायका पदाधिकारीलाई प्रोत्साहनभत्ता प्रदान गर्ने, राष्ट्रपति, उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा, उनीहरूका विज्ञको पारिश्रमिक तथा सुविधा सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णय राजपत्रमा प्रकाशन गरेको छैन । संवैधानिक निकायका पदाधिकारीहरूको सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ बमोजिम सुविधा राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रीहरूलाई गुपचुप सुविधा
कानुनी प्रक्रियालाई अक्षरशः पालना गरेर आफूलाई रोलमोडलको भूमिकामा देखाउनुपर्ने प्रधानमन्त्रीको कार्यालय त्यस्तो भूमिकामा गैरजिम्मेवार देखिएको छ । मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ ले मन्त्रीको आवास, निजी सचिवालय, मसलन्द तथा अतिथि सत्कार खर्च, अंगरक्षक, गार्डलगायत सुविधा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेबमोजिम हुने व्यवस्था गरेको छ ।

वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले सञ्चार सुविधा, सचिवालय सुविधालगायतका सुविधा लिँदै आएका छन् । तर, सरकारले राजपत्रमा सूचना प्रकाशित नै नगरेर मन्त्रीहरूलाई सुविधा दिँदै आएको पाइएको छ । नयाँ पत्रिका दैनिक