८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालय नै देखियो उदासीन



अ+ अ-

सरकारी निर्णय कार्यान्वयन गर्ने/गराउने मूल जिम्मेवारीबाटै पन्छिएको महालेखाको ठहर

सरकारको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै उदासिनता देखाएको छ । सरकारी निर्णय कार्यान्वयन गराउने भूमिकामा रहेको प्रधानमन्त्री कार्यालय मूल जिम्मेवारीबाटै पन्छिएको महालेखाले औँल्याएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा सरकारको निर्णय कार्यान्वयन गर्न/गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को भूमिका प्रभावकारी नभएको औँल्याएको हो ।

नेपाल सरकारको कार्यविभाजन नियमावली २०७४ ले मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तोकेको छ । आर्थिक वर्ष ०७५/०७६ मा मन्त्रिपरिषद्का ६९ वटा बैठक बसेको थियो । ती बैठकबाट एक हजार आठ सय ८५ निर्णय भएका थिए । आर्थिक वर्ष ०७५र०७६ मा मन्त्रिपरिषद् समितिका ८१ बैठकले दुई सय २० निर्णय गरेका थिए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारले गरेका त्यस्ता निर्णयको कार्यान्वयनमा चासो नदेखाएको पाइएको हो ।

लेखा परीक्षणका क्रममा सरकारले गरेका निर्णयको कार्यान्वयन अवस्थाबारे जिज्ञासा राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बेखबर बनेको छ । ‘लेखा परीक्षणका क्रममा हामीले निर्णयको कार्यान्वयनको अवस्था माग गरेका थियौँ’ प्रधानमन्त्री कार्यालयको लेखा परीक्षणमा संलग्न महालेखाका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीको कार्यालयसँग कार्यान्वयनको कुनै सूचना पाइएन । निर्णय कार्यान्वयनको अवस्थाको अनुगमन प्रतिवेदन तयार भएको पाइएन ।’

तर, गत वर्ष प्रधानमन्त्रीको कार्यालयले मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयनको अवस्था अनुगमन गर्न सफ्टवेयर नै बनाएको थियो । ‘क्याबिनेट डिसिजन इम्प्लिमेन्टेसन मनिटरिङ सिस्टम’ नामको सफ्टवेयर बने पनि लागू भने भएन । मन्त्रिपरिषद्को कार्यालयले नै सफ्टवेयर बनाउने, तर कार्यान्वयन नगर्ने गरेको भन्दै महालेखाले प्रश्न उठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले पनि नियमित कामबाहेक प्रधानमन्त्रीको कार्यालयले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको बताए । उनले प्रधानमन्त्री कार्यालयको कार्यशैली विभागको भन्दा पनि कमजोर रहेको टिप्पणी गरे ।

संवैधानिक निकायको पारिश्रमिक गैरकानुनी बाटोबाट वितरण
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले न्यूनतम कानुनी प्रक्रिया पूरा गर्न पनि चासो नदेखाएको पाइएको छ । संवैधानिक निकायका पदाधिकारीलाई प्रोत्साहनभत्ता प्रदान गर्ने, राष्ट्रपति, उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा, उनीहरूका विज्ञको पारिश्रमिक तथा सुविधा सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णय राजपत्रमा प्रकाशन गरेको छैन । संवैधानिक निकायका पदाधिकारीहरूको सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ बमोजिम सुविधा राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रीहरूलाई गुपचुप सुविधा
कानुनी प्रक्रियालाई अक्षरशः पालना गरेर आफूलाई रोलमोडलको भूमिकामा देखाउनुपर्ने प्रधानमन्त्रीको कार्यालय त्यस्तो भूमिकामा गैरजिम्मेवार देखिएको छ । मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ ले मन्त्रीको आवास, निजी सचिवालय, मसलन्द तथा अतिथि सत्कार खर्च, अंगरक्षक, गार्डलगायत सुविधा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेबमोजिम हुने व्यवस्था गरेको छ ।

वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले सञ्चार सुविधा, सचिवालय सुविधालगायतका सुविधा लिँदै आएका छन् । तर, सरकारले राजपत्रमा सूचना प्रकाशित नै नगरेर मन्त्रीहरूलाई सुविधा दिँदै आएको पाइएको छ । नयाँ पत्रिका दैनिक