१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

४ घण्टा ४५ मिनेटको शल्यक्रिया, प्रधानमन्त्री ओलीमा सफल मिर्गौला प्रत्यारोपण

४ घण्टा ४५ मिनेटको शल्यक्रिया, प्रधानमन्त्री ओलीमा सफल मिर्गौला प्रत्यारोपण
अ अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधबार बिहानैदेखि चिकित्सकको कामको चाप बाक्लो थियो । अरू दिनभन्दा बेग्लै चहलपहल थियो । अस्पतालका वरिष्ठ चिकित्सकदेखि भारतबाट आएका डा। अनन्त कुमार पनि बिहानैबाट अस्पतालमा थिए । प्रधानमन्त्री केपी शर्मा ओलीमा दोस्रो पटक गर्न लागिएको मिर्गौला प्रत्यारोपण सफल बनाउन सो सिंगो टोली खटिएको थियो । बिहान ९ बजेबाट शल्यक्रिया सुरु गर्ने पूर्वतयारी भएपनि केही रिपोर्ट आउन ढिलाई भएपछि एक घण्टा पछि सारियो । मिर्गौला प्रत्यारोपण अघिका सबै रिपोर्ट आउन केही समय ढिलाई भएपछि सो समयमा प्रधानमन्त्रीले चिकित्सकहरूसँग ठट्यौली पारामा प्रस्तुत समेत भएका थिए ।

सोमबार साँझ अस्पताल भर्ना हुँदाबाटै उनले चिकित्सकहरूलाई ढुक्क भएर काम गर्न भनिरहेको स्वयं चिकित्सकहरूले बताएका छन् । रिपोर्ट आएर शल्यक्रिया कक्षमा प्रवेश गर्नु अगाडी भने ओली केही भावुक देखिएका थिए । ‘अप्रेशन थिएटरमा जाने बेलामा उहाँ अलिक भावुक देखिनु भएको थियो’, एक चिकित्सकले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘जे सुकै भए पनि चिन्ता नलिनुहोस्, मलाई राम्रो हुन्छ आत्तिनु पर्दैन भन्नुभयो ।’ उनले आफ्नै देशको माटोमा रहेको, नेपाली चिकित्सकको टोली रहेको र लाखौँ नेपालीको माया, आर्शीवाद रहेकाले कसैले चिन्ता गर्नुपर्ने अवस्था नआउने बताएका थिए ।

शल्यक्रिया कक्षमा जाने बेलासम्म चिकित्सकभन्दा प्रधानमन्त्री ओली बढी ढुक्क देखिएका थिए । बुधबार बिहान १० बजेर ५ मिनेटमा ओलीलाई शल्यक्रिया कक्षमा लगिएको थियो । उनलाई बेहोस बनाउने औषधी लगाउनु केही समय अगावै मिर्गौला दाता (प्रधानमन्त्रीकी भान्जी) समीक्षा संग्रौलाको शल्यक्रिया सुरु भइसकेको थियो । प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा दुई दर्जन चिकित्सकले प्रत्यारोपणको काम सुरु गरेका थिए । दोस्रो पटक प्रत्यारोपण गर्ने काम त्रिवि अस्पतालमा ११ औँ पटक चलिरहँदा ज्ञवालीलाई करिब दुई दर्जन चिकित्सकले साथ दिएका थिए । त्यस अघिका १० प्रत्यारोपण शतप्रतिशत सफल भइसकेको थियो ।

प्रत्यारोपण शल्यचिकित्सामा ज्ञवालीसहित प्रा.डा. उत्तम कुमार शर्मा, प्रा.डा. अनन्त कुमार, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं र डा. सुजित पौडेल सहभागी थिए । यसैगरी, प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री सहभागी रहेको अस्पतालले जानकारी दिएको छ । यस्तै एनेस्थेसिया तथा त्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य, डा. अमित शर्मा भट्टराई र डा. विगेन मान शाक्यसहित नर्सलगायतको टोली सहभागी रहेको अस्पतालका कार्यकारी निर्देशन प्रा.डा. प्रेम कृष्ण खड्गाले जानकारी दिए ।

१० बजेर ५ मिनेटबाट सुरु गरिएको शल्यक्रिया अपराह्न दुई बजेर ५० मिनेटतिर सकिएको थियो । त्यसबीचमा अस्पताल परिसरमा शुभचिन्तक शुभ समाचार सुन्न व्यग्र प्रतिक्षामा बसिरहेका थिए । हातमा प्ले कार्ड बोकेर उनीहरू उभिरहँदा मन्त्रीहरू, नेता कार्यकर्ताहरूले अस्पतालको परिसर भरिभराउ थियो । चिकित्सकको टोली भित्र खटिरहँदा अस्पताल बाहिर र देश तथा विदेशबाट ओलीमा प्रत्यारोपण गरिने कार्य सफल होस् भनेर कामना गर्ने शुभचिन्तक धेरै थिए । जटिल मानिएको शल्यक्रिया भएकाले चिकित्सकहरूको ठूलो निगरानीमा शल्यक्रिया गरेका थिए । सवा तीन बजेतिर अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको शल्यक्रिया सफल भएको जानकारी दियो ।

प्रधानमन्त्रीको जटिल मानिएको प्रत्यारोपण स्वदेशमै गर्न सफल भएपछि चिकित्सकहरूले एक आपसमा खुसी समेत साटे । नेपालमै कुनै पनि भिभिआइपीमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको यो पहिलो पटक थियो । प्रत्यारोपणपछि नै नयाँ मिर्गौलाले सोचे अनुरूप काम गर्न सुरु गरेको चिकित्सकले बताएका छन् । प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको डा. ज्ञवालीले बताए । प्रत्यारोपणपछि पिसाब फेरेमा मात्र सो शल्यक्रिया सफल भएको मानिन्छ । शल्यक्रियापश्चात् बुधबार नै गरिएको पत्रकार सम्मेलनमा बोल्दै डा. खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थास्थिर रहेको जानकारी दिए ।

‘उहाँका सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेका छन् र प्रत्यारोपित मिर्गौलाले पनि काम सुरु गरिसकेको छ’, उनले पत्रकारहरूसँग भने, ‘उहाँलाई बुधबार मध्याह्नबाटै प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ ।’ अस्पतालले जारी गरिएको विज्ञप्तिमा पनि ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख छ । ‘उहाँ (प्रधानमन्त्री) की भान्जी समीक्षा संग्रौलाजीले उहाँलाई आफ्नो एउटा मिर्गौला दान गर्नुभएको छ र उहाँ (समीक्षा)को स्वास्थ्यस्थिति पनि सामान्य अवस्थामा रहेको छ’, विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्रीलाई हाल प्रत्यारोपण उपचार कक्षमा राखेर उपचार गरिराखिएको जनाइएको छ । प्रत्यारोपणसँगै ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन् ।

‘पुराना मिर्गौला झिकिने नभएर नयाँ थप गरिने भएकाले शरिरमा चारवटा मिर्गौला भएका हुन्’, डा. ज्ञवालीले भने । विश्वमा मिर्गौला प्रत्यारोपण हुन थालेको ६६ वर्ष पूरा भएको छ । अहिलेसम्म कुनै पनि व्यक्तिको खराब मिर्गौला निकालिएको रेकर्ड छैन । किनकी नयाँ राख्नभन्दा पुरानो निकाल्नका लागि निक्कै जटिल शल्यक्रिया गर्नुपर्ने भएकाले त्यसलाई त्यही छाडिने गरेको चिकित्सकहरूले बताएका छन् । शल्यक्रिया सफल भएको केही समयपछि नै प्रधानमन्त्री ओलीको होस पनि खुलेको छ । अब अरू कुनै समस्या नदेखिए बिहीबार बिहानदेखि उनलाई मुखबाट तरल खानेकुरा दिइने चिकित्सकहरूले बताएका छन् ।

‘बिहीबार बिहान उहाँलाई कालो चिया दिन्छौँ । अरू कुनै समस्या देखिएन भने ढिलोमा १० दिनभित्र डिस्चार्ज गर्ने योजना छ,’ एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीले यसअघि २०६४ साल साउनमा पहिलोपटक नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

संक्रमणको खतरा
चिकित्सकले सबैभन्दा महत्वपूर्ण पाटो सफलतापूर्वक सम्पन्न भए पनि संक्रमणको खतरा बाँकी नै रहेको बताएका छन् । मिर्गौला प्रत्यारोपणपछिको पहिलो र खतरापूर्ण अवस्थाबाट प्रधामन्त्री ओली बाहिर आए पनि संक्रमणको खतरा भएको बताए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सक डा। अरुण सायमीका अनुसार दुवै जनालाई निगरानीमा राखिएको जानकारी दिए । शल्यक्रिया कक्षबाट निकालेर पोस्ट अपरेटिभ वार्डको आईसीयुमा सारिएका ओलीलाई अब डिस्चार्ज नहुन्जेल त्यहीँ राखिनेछ । तर, अबको चुनौती प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउनु रहेको सायमीको भनाइ छ । चिकित्सकहरूले शल्यक्रियाको तीन घण्टा, तीन दिन र एक सातासम्म उच्च जोखिम हुन सक्ने बताएका छन् । सौर्य दैनिक