१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरसीबीका पूर्व कप्तानले पाकिस्तानी लिगका लागि आईपीएल छाडे, कहिले आउँछन् नेपाल ?



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिसले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्नका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२६ सीजनबाट बाहिरिने निर्णय गरेका छन्।

शनिबार उनले एक पोस्टमार्फत जानकारी दिँदै भनेका छन् कि उनी डिसेम्बर १६ मा अबुधाबीमा हुने ‘मिनी अक्सन’ मा भाग लिँदैनन्।

४१ वर्षका फाफले लेखेका छन्—

‘भारतले सधैं मेरो मनमा विशेष स्थान पाउनेछ। यो बिल्कुलै बिदाइ होइन, तपाईंहरूले मलाई फेरि देख्नुहुनेछ। यस वर्ष मैले नयाँ चुनौती लिन निर्णय गरेको छु। म आगामी पिएसएल सीजनमा खेल्नेछु।’

डु प्लेसिस अघिल्लो सीजनमा दिल्ली क्यापिटल्सको हिस्सा थिए। दिल्लीले उनलाई नोभेम्बर १५ मा प्रकाशित रिटेन्सन सूचीमा समावेश नगरी रिलिज गरेको थियो। उनले २०२२ देखि २०२४ सम्म ३ सीजन आरसीबीको कप्तानी गरेका थिए। फ्रेन्चाइजहरूले मेगा अक्सनअघि नै उनलाई रिलिज गरेका थिए।

फाफ डु प्लेसिसले लेखेका छन्–
आईपीएलमा १४ सीजन खेलेपछि मैले यस वर्ष अक्सनका लागि आफ्नो नाम नदिने निर्णय गरेको छु। यो ठूलो निर्णय हो। जब म पछाडि फर्केर हेर्छु, मनमा धेरै कृतज्ञता आउँछ।

यो लिग मेरो क्रिकेट यात्राको एक महत्वपूर्ण हिस्सा रह्यो। मैले विश्वस्तरीय साथीसँग खेल्ने, उत्कृष्ट फ्रेन्चाइजहरूको हिस्सा बन्ने र जोशिलो भारतीय फ्यानहरूको सामु खेल्ने मौका पाएँ।

भारतले मलाई मित्रता, सिकाइ र यादहरू दियो, जसले मलाई खेलाडी र व्यक्ति दुवै रूपमा आकार दियो।

हरेक कोच, टोलीका साथी, सहयोगी स्टाफ र वर्षौंदेखि साथ दिइरहेका सबै फ्यानहरूलाई मनदेखि धन्यवाद।

१४ वर्ष लामो समय हो, र यो यात्राले मलाई धेरै दिएकोमा गर्व छ। भारत सधैं मेरो मनमा विशेष रहन्छ, र यो बिदाइ होइन—तपाईंहरूले मलाई फेरि देख्नुहुनेछ।

यस वर्ष मैले नयाँ चुनौती लिन निर्णय गरेको छु। म आगामी पिएसएलमा खेल्नेछु। यो मेरो लागि रोमाञ्चक कदम हो—केही नयाँ अनुभव गर्ने, खेलाडीका रूपमा अझ परिपक्व हुने र प्रतिभा तथा ऊर्जा भरिएको यो लिगलाई अपनाउने मौका।

‘एक नयाँ देश।
एक नयाँ वातावरण।
एक नयाँ चुनौती।
म पाकिस्तानको अतिथ्यतालाई लिएर उत्साहित छु।
छिट्टै सबैसँग भेट हुनेछ।’

फाफले आईपीएलमा १५४ खेल खेलिसकेका छन्

दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसले आईपीएलका १५४ खेल खेलेका छन्। उनले २०१२ मा चेन्नई सुपर किंग्स (सिएसके) मार्फत आईपीएल यात्राको सुरुवात गरेका थिए।

उनी राइजिङ पुणे सुपरजायन्ट्स, रोयल च्यालेन्जर्स बेंगलोर र दिल्लीबाट पनि खेलेका छन्।

फाफले १३५.७८ को स्ट्राइक रेटमा ४७७३ रन बनाएका छन्, जसमा ३९ अर्धशतक समावेश छन्।

२०२१ मा टेस्ट क्रिकेबाट सन्यास
फाफले १७ फेब्रुअरी २०२१ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। उनले ४–८ फेब्रुअरी २०२१ बीच रावलपिण्डीमा अन्तिम टेस्ट खेलेका थिए। त्यसपछि उनी राष्ट्रिय टोलीबाट बाहिर छन्।

विराटनगर किंग्सबाट खेल्न सम्भवत सोमबार नेपाल आउँदै
फाफलाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ । विराटनगरले हालम्म ५ खेल खेलिसक्दा डु प्लेसिस विराटनगरको खेलमा उपस्थित भएका छैनन् ।

डु प्लेसिसले अबुधाबी टी–१० लिग खेलिरहेका छन् । लिगमा उनी सम्मेलित टोली प्रतियोगिताबाट बाहिरिसकेको छ ।

फाफ एनपीएल खेल्न सोमबार नेपाल आउने बताइएको छ । विराटनगरले आगामी खेल बुधबार लुम्बिनी लायन्ससँग खेल्नेछ । सम्भवतः उक्त खेलमा डु प्लेसिस उपलब्ध हुनेछन् । उनको उपस्थितीलाई लिएर नेपाली दर्शक निकै उत्साहित छन् ।