१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

दार्चुला जिल्लाको बंगाबगरमा भारतले तटबन्ध बनाउदा सरकार किन मौन: सासद रावल (भिडियो)

दार्चुला जिल्लाको बंगाबगरमा भारतले  तटबन्ध बनाउदा सरकार किन मौन:  सासद रावल (भिडियो)
अ अ+ अ-

काठमाडौ ।नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गर्नुभएको छ । आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रावलले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएसँगै नेपाल सरकारले त्यस सम्बन्धमा गरेका कामहरु जनताले थाहा पाउनुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग गर्नुभयो।सांसद रावलले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एमसीसी सँगको सम्झौताका राष्ट्रघाति प्रावधानहरुलाई यथावत राखेर त्यसलाई अनुमोदन गरिएपछि केही मानिसहरु अब नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्छ भनेर चिच्याइरहेका छन् । देशभक्त नेपालीहरुको आवाजलाई खिस्सीट्युरी गरेर, राज्यको संयन्त्र प्रयोग गरेर देशभक्तहरु माथिको दमनलाई चर्काउने षड्यन्त्र गरिदैछ । सर्वप्रथम यस्ता काम, कारबाही बन्द गर्न म माग गर्दछु । त्यसको साथसाथै यो सदनबाट जुन कुरा सम्पन्न भएको छ । तत् सम्बन्धमा नेपाल सरकारले के गरिरहेको छ ? त्यसपछिका कामहरु के भए ? यो सम्बन्धमा नेपाली जनताले थाहा पाउनुपर्छ भन्ने मेरो माग छ । यो भन्दा अर्को गम्भिर विषय छ, हाम्रो सुदुरपश्चिम प्रदेश दार्चुला जिल्लाको बंगाबगरमा केही दिन अगाडी भारतीय पक्षबाट अन्तर्राष्ट्रिय कानुन, दुई देशको छिमेकीको असल सम्बन्धको मान्यता विपरित एकतर्फी किसिमले त्यहाँ तटबन्ध निर्माण गर्ने कामहरु भइरहेको छ । त्यहाँका स्थानीय जनता, दार्चुलाका देशभक्त जनताले त्यो काम बन्द हुनुपर्छ भनेर बारम्बार आवाज उठाउँदा पनि तत् सम्बन्धमा नेपाल सरकारको तर्फबाट कुनै पनि पाइला चालिएको देखिएन । भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु यो लाजमर्दो कुरा हो । नेपाल सरकारको यसतर्फ गम्भिर रुपले ध्यानाकर्षण गराउँछु । र म माग गर्न चाहान्छु, नेपाल सरकारको तर्फबाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भएपनि सरकार नबोलेको टिप्पणी गर्नुभयो । नेपालको सिमानामा भारतीय पक्षको अतिक्रमण तत्काल रोक्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘दार्चुलामा महाकालीको बहाव भारतले नेपाल तर्फ फर्काउँदैछ । तर सरकार मौन बनेर समाचार प्रकाशित भइरहेको छ । यथार्थ यो भइरहेको पनि हो । यस्तो बेला सरकार किन बोल्दैनन् ? भारत नेपालको भुमि गाभेर नक्सा बनाएपछि नेपालले पनि त्यो नक्शालाई च्यातेर आफ्नो भुमि आफ्नै भुमिमा गाभेर नयाँ नक्सा तयार ग¥यो । तर कालापानीमा भारतिय सेना यथावत छ । र नेपाली भुमि लिपुलेकमा भारतले सडक निर्माण गर्दैछ । दार्चुलामा महाकाली नदी पाँच मिटर अतिक्रमण गरेर भारतले नौ मिटर उचाइको पाँच किलोमिटर लामो तटबन्ध बनाउँदै छ ।

यसले आउने वर्षमा नेपालको जनधन क्षति हुने भयो । स्थानीय जनता नेपाली भुमि सुरक्षा गर्न संघर्ष गर्दैछन् । स्थानीय प्रशासन, गृह प्रशासन, परराष्ट्र मन्त्रालय के गर्दैछन् ? अन्तर्राष्ट्रिय कानुन विपरित भारतले नेपालको सिमानामा भइरहेको थिचोमिचो र गरिरहेको थिचोमिचो, अतिक्रमण तत्काल रोक्न जरुरी छ । प्रधानमन्त्रीमार्फत् दार्चुलामा के भइरहेको छ ? नेपालको सिमाना सुरक्षित भएको छ कि छैन ? त्यसबारे सदनमा जानकारी गराउनु आवश्यक छ ।’

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा(एमाले)ले अवरोध कायमै राखेको छ ।