८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए चीनको सिचुवान क्षेत्रिय समिति गठन



अ+ अ-

बेईजिङ । गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रिय समिति गठन भएको छ। नयाँ समिति गठनसँगै गैरआवासीय नेपाली संघ चीनको क्षेत्राधिकार व्यापक हुनुकासाथै यसलाई थप विस्तृत बनाएर चीनमा रहेका नेपालीलाई एकतावद्ध  गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

चीनमा कोरोना महामारीका विरामीहरु पुनः बढ्न थालेपछि सतर्कता अपनाईएको कारणले भर्चुअलरुपमा आयोजना गरिएको कार्यक्रममा डा. बुद्धिप्रसाद शर्माको अध्यक्षतामा दश सदस्य गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रिय तर्दथ समिति गठन सर्वसम्मतिवाट गरिएको छ। समितिमा उपाध्यक्षहरु डा. रोवोट घिमिरे र राजु सिलवाल, महासचिव डा. पर्वतराज रेग्मी, सचिव डा. बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा अर्जुन गिरी रहनुभएको छ भने सदस्यहरुमा डा. एलिजा पौड्याल, विकल्प बस्नेत, कमलकुमार कार्की र प्रकाश सुनार रहनुभएको छ। 
कार्यक्रममा धारणा राख्दै चीनमा रहेका नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूतहरु  दिनेशकुमार घिमिरे (छन्तु), हरिशरण पुडासैनी (क्वान्चौ) तथा नेपाली राजदुतावासका ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले एनआरएनए चीनको नयाँ क्षेत्रिय समिति गठनले एनआरएनए चीनलाई थप सघनरुपमा कार्य गर्न र चीनमा रहेका नेपालीहरुलाई एकतावद्ध गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्दै यसकोलागि आफुहरुको तर्फवाट सदा सहयोग रहने बचनवद्धता गर्नुभयो। 

यस्तै कार्यक्रममा एनआरएनए आईसिसी सदस्य नविन विक एनआरएनए चीनका पूर्व अध्यक्षहरु नविन विक, सुदेश झा तथा प्रदिप न्याैपाने नवगठित समितिका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै यस गठन प्रक्रियाले एनआरएनए चीनलाई थप व्यापक बनाउने आफुहरुको सपना पुरा भएको बताउनु भयो। कार्यक्रममा धारणा राख्दै एनआरएनए चीन कार्यसमितिका उपाध्यक्ष विष्णुप्रसाद डुमरु, महासचिव यादव अर्याल तथा सचिव बिष्णुहरि भण्डारीले नयाँ क्षेत्रिय समिति गठनसगैं थप नयाँ उत्साहकासाथ काम गर्ने वातावरण तयार भएको बताउँनुभयो। 

कार्यक्रमको अध्यक्षता गर्नुभएका एनआरएनए चीन कार्यसमितिका अध्यक्ष रोहित अग्रवालले आजको दिन एनआरएनए चीनकोलागि ऐतिहासिक क्षण रहेको भन्दै अव नयाँ ढगंवाट नेपाल र नेपालीकालागि थप प्रतिवद्ध भएर काम गर्ने वातवरण तयार भएको धारणा राख्नुभयो। 

यस्तैगरि नवगठित समितिका तर्फवाट अध्यक्ष शर्माले धारणा राख्दै नयाँ समितिको गठन अत्यन्त महत्वपूर्ण रहेको र यसले एनआरएनए चीनलाई थप सशक्त, प्रभावकारी र व्यापक बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।