२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, जनकपुरलाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत साविक उपविजेता सुदूरपश्चिम रोयल्सले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले हराएको हो ।

१४६ रनको लक्ष्य सुदूरपश्चिमले १७।४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि इशान पाण्डेले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ८ चौका र १ छक्काको मद्दतले ५२ रन जोडे । यस्तै विनोद भण्डारीले ४२, हरमित सिंहले २५ रनको योगदान दिए । दिपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे ।

वलिङतर्फ जनकपुरका माज सदाकतले दुई तथा सञ्जय कृष्णमुर्ति र आदित्य महताले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन जोड्यो ।

उसका लागि सञ्जय कृष्णमुर्तिले अर्धशतक बनाए । उनले ३८ बलमा ५० रन जोडे । यस्तै, जान इटोनले ३९, आदित्य महाताले १५, वायन पर्नेलले १४ तथा माज सदाकतले १२ रन जोडे ।

वलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले चार स्कट कुगलाइन तीन तथा दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।

लगातार चौंथो हार ब्यहोरेको जनकपुर प्लेअफको दौडबाट बाहिरिने संघारमा पुगेको छ । अङ्कविहिन जनकपुर तालिकाको पुछारमा रहेको छ ।

यता अपराजित रहेको सुदूरपश्चिम भने पाँचवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा यथावत छ ।

आजको खेल जितेसँगै सुदूरपश्चिमले ‘प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

आजै भएको पहिलो खेलमा लुम्बिनीसँग पोखरा पराजित भएको थियो।