काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग ९एनपीएल० अन्तरगत गत संस्करणको दुई फाइनलिस्ट सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ ।
टियु मैदानमा जारी खेलमा जनकपुरले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन जोड्यो ।
उसका लागि सञ्जय कृष्णमुर्तिले अर्धशतक बनाए । उनले ३८ बलमा ५० रन जोडे । यस्तै, जान इटोनले ३९, आदित्य महाताले १५, वायन पर्नेलले १४ तथा माज सदाकतले १२ रन जोडे ।
वलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले चार स्कट कुगलाइन तीन तथा दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।










