२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरद्वारा सुदूरपश्चिमसामु १४६ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग ९एनपीएल० अन्तरगत गत संस्करणको दुई फाइनलिस्ट सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ ।

टियु मैदानमा जारी खेलमा जनकपुरले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन जोड्यो ।

उसका लागि सञ्जय कृष्णमुर्तिले अर्धशतक बनाए । उनले ३८ बलमा ५० रन जोडे । यस्तै, जान इटोनले ३९, आदित्य महाताले १५, वायन पर्नेलले १४ तथा माज सदाकतले १२ रन जोडे ।

वलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले चार स्कट कुगलाइन तीन तथा दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।