२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन जिप्रका काठमाडौको आग्रह



अ+ अ-

जिल्ला प्रशासन कार्यलय काठमाडौंले विश्वभरी नै महामारीको रुपमा फैलदै गईरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि सबैमा सचेत गराएको छ । छिमेकी मित्र राष्ट्र चीन हुँदै देशव्यापी रुपमा फैलदै गईरहेको कोरोना भाइरसले सबैमा एक प्रकारको त्रास उत्पन्न गराएको छ ।

यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भिडभाडमा नजान तथा भेला, सभा सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न जल्ला प्रशासन कार्यलय काठमाडौंले अनुरोध गरेको हो । यसका साथै काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगाएतका) कार्यक्रमको आयोजना नगर्न पनि बताईएको छ ।

भिडभाड र जमात हुने कुनै पनि कार्यक्रममा सहभागि नभईदिन पनि जल्ला प्रशासन कार्यलय काठमाडौंले सुचना मार्फत अनुरोध गरेको छ ।