काठमाडौं । आत्महत्या दुरुत्सान मुद्दामा समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सन्जेलले सफाइ पाएका छन् । बिहिवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले सफाइ दिएको हो ।
आठ महिनाअघि समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले आत्महत्या गरेपछि सन्जेल दम्पतीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा परेको थियो । आत्महत्यापछि उनका आफन्तहरुले समता अस्पतालमा तोडफोड गरेका थिए भने प्रहरीले सन्जेल दम्पतीलाई पक्राउ गरेको थियो ।
सन्जेलले समता स्कुलबाट नेपालभरका ६५ वटा विद्यालयमार्फत मासिक एक सय रुपैयाँ शुल्कमा शिक्षा दिँदै आएको छ । साथै समता अस्पतालले पनि एक सय रुपैयाँमै स्वास्थ्य सेवा दिँदै आएको छ ।