२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरानाको आशंकामा भर्ना भएका एक नेपाली अस्पतालबाट भागे



अ+ अ-

काठमाडौँ । कोराना संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली भागेका छन् । बिहिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भागेका हुन् ।

कोरियाबाट आएर एक नेपाली बुधबार आइसोलेसन वार्डमा भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा नआउदा प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पतालले जानकारी दिएको छ।

अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र भारत भ्रमण गरेर नेपाल आएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए।

चारै जनामा कोरोनाको परीक्षण बिहीबार गराइने अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले बताएका थिए।

तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको थियो। बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना शंकास्पद बिरामी भर्ना भएका छन्।

मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।