२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण इपिएल स्थगित



अ+ अ-

काठमाडौं । कोरोनाभाइरसका कारण काठमाडौंमा हुने भनिएको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ । इपिएल आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने तय गरिएको थियो ।

इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरका अनुसार कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको हो। उनले अर्को घोषणा नभएसम्मका लागि लिग स्थगित गरिएको जानकारी दिए।

इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो। यसपटकको इपिएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरि एन्डर्सन, श्रीलंकाका उपुल थाराङ्गा, अफगानिस्तानका मोहमद साहजाद, आयरल्यान्डका केभिन ओुब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी नेपाल बताइएको थियो।

विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण खेलकुदका प्रतियोगितालाई असर गरिरहेको छ।