२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार थियोः प्रशिक्षक शाही



अ+ अ-

काठमाडौँ । काठमाण्डु गोखार्जका प्रशिक्षक वसन्त शाहीले मिलिन्द कुमार र जोन सिम्पसनको साझेदारी नै चितवन राइनोजसँगको जितको माध्यम बनेको बताएका छन् ।

जितपछि पत्रकार सम्मेलनमा राम्रो शुरुवात नभएको अवस्थामा सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार रहेको बताएका हुन् ।

उनले दिनको म्याचमा स्पिनरलाई खेल्न सहज नहुने र १४० भन्दा माथिको रन बनाउँदा चेज गर्न गाह्रो हुन्छ भन्ने सोचेको उल्लेख गरे । अन्तिम २/३ ओभरमा ४/५ विकेट जानु चिन्ताको विषय रहेको उनी बताउँछन् । तर, आगामी खेलमा त्यस कुरामा सुधार गर्ने उनको आशा छ । एक सय ४० रनको लक्ष्य जोगाउँछौं भन्ने आत्मविश्वास रहेको उनी बताउँछन् । उनले करण राम्रो कप्तान रहेको उल्लेख गरे । साथै उनले ब्याटिङ र बलिङ कुनै पनि क्षेत्रबाट राम्रो गरिरहेको धारणा राखे । अब आगामी खेल पनि जितेर लिग तालिकाको शीर्ष स्थानमा पुग्ने प्रयास गर्ने आशा व्यक्त गरेका छन् । उनले सिम्पसनको विकेट महत्वपूर्ण रहेको औंल्याए ।

चितवनका देव खनालले बलिङमा राम्रो गरे पनि ब्याटिङमा चुक्दा हार बेहोरेको बताए । हरेक दिन रबि बोपारामा नै भर पर्न नहुने र घरेलु ब्याटरले पनि राम्रो गर्नुपर्ने उनले धारणा राखेको छ । सधैं रबिले नै म्याच जिताउन नसक्ने र कहिलेकाहिँ नेपाली खेलाडीले पनि राम्रो गर्नुपर्ने उनी बताउँछन् । सिम्पसन र मिलिन्दले जस्तै चितवनको पनि त्यस्तै आवश्यक आवश्यक रहे पनि असफल भएको उनले बताए । बिस्तारै विकेट स्लो हुँदा गएको उल्लेख गरे । उनले आफू र कुशल मल्लले राम्रो गर्नुपर्ने जिम्मेवारी रहेको बताउँछन् । तर त्यसअनुरूप खेल्न नसकेको उल्लेख गरे । सधैं विदेशीसँगै नेपाली खेलाडीले पनि चल्नुपर्ने उनी बताउँछन् ।

उनले आपूmसँग भएको क्षमताअनुरूप खेल्न पनि नसकेको उल्लेख गरे । टोलीले साझेदारी बनाउन नसक्नु कमजोर पक्ष रहेको औंल्याएका छन् ।