१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार थियोः प्रशिक्षक शाही



अ+ अ-

काठमाडौँ । काठमाण्डु गोखार्जका प्रशिक्षक वसन्त शाहीले मिलिन्द कुमार र जोन सिम्पसनको साझेदारी नै चितवन राइनोजसँगको जितको माध्यम बनेको बताएका छन् ।

जितपछि पत्रकार सम्मेलनमा राम्रो शुरुवात नभएको अवस्थामा सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार रहेको बताएका हुन् ।

उनले दिनको म्याचमा स्पिनरलाई खेल्न सहज नहुने र १४० भन्दा माथिको रन बनाउँदा चेज गर्न गाह्रो हुन्छ भन्ने सोचेको उल्लेख गरे । अन्तिम २/३ ओभरमा ४/५ विकेट जानु चिन्ताको विषय रहेको उनी बताउँछन् । तर, आगामी खेलमा त्यस कुरामा सुधार गर्ने उनको आशा छ । एक सय ४० रनको लक्ष्य जोगाउँछौं भन्ने आत्मविश्वास रहेको उनी बताउँछन् । उनले करण राम्रो कप्तान रहेको उल्लेख गरे । साथै उनले ब्याटिङ र बलिङ कुनै पनि क्षेत्रबाट राम्रो गरिरहेको धारणा राखे । अब आगामी खेल पनि जितेर लिग तालिकाको शीर्ष स्थानमा पुग्ने प्रयास गर्ने आशा व्यक्त गरेका छन् । उनले सिम्पसनको विकेट महत्वपूर्ण रहेको औंल्याए ।

चितवनका देव खनालले बलिङमा राम्रो गरे पनि ब्याटिङमा चुक्दा हार बेहोरेको बताए । हरेक दिन रबि बोपारामा नै भर पर्न नहुने र घरेलु ब्याटरले पनि राम्रो गर्नुपर्ने उनले धारणा राखेको छ । सधैं रबिले नै म्याच जिताउन नसक्ने र कहिलेकाहिँ नेपाली खेलाडीले पनि राम्रो गर्नुपर्ने उनी बताउँछन् । सिम्पसन र मिलिन्दले जस्तै चितवनको पनि त्यस्तै आवश्यक आवश्यक रहे पनि असफल भएको उनले बताए । बिस्तारै विकेट स्लो हुँदा गएको उल्लेख गरे । उनले आफू र कुशल मल्लले राम्रो गर्नुपर्ने जिम्मेवारी रहेको बताउँछन् । तर त्यसअनुरूप खेल्न नसकेको उल्लेख गरे । सधैं विदेशीसँगै नेपाली खेलाडीले पनि चल्नुपर्ने उनी बताउँछन् ।

उनले आपूmसँग भएको क्षमताअनुरूप खेल्न पनि नसकेको उल्लेख गरे । टोलीले साझेदारी बनाउन नसक्नु कमजोर पक्ष रहेको औंल्याएका छन् ।