२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से साढे पाँच अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज पनि ५.५० विन्दुले घटेर एक हजार ४३५.७० मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.१५ ले ओरालो लागेर ३०७.७२ मा पुगेको छ ।

नेप्से ओरोलो लागेपनि कारोवार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको छ । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक २१.२७, वित्त ७.८१, अन्य दुई, लघुवित्त ४८.०३, जीवन बीमा ७७.८५ ले वृद्धि भएको छ । यस्तै बैंकिङ १४.२४, व्यापार १७.७२, होटल २५.९८, जलविद्युत् ९.३१, निर्जीवन बीमा २५.६२, उत्पादन ३८.९५ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ८७ लाख १९ हजार ८६६ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु १२ करोड ६५ लाख ९२ हजार २२, एनआइसी एशिया बैंक रु नौ करोड ६८ लाख ६ हजार, मञ्जुश्री फाइनान्स रु आठ करोड ४२ लाख ३९ हजार ४३९, नबिल बैंक रु छ करोड ५८ लाख ५३ हजार २९७ र हिमालयन डिस्टिलरीको रु छ करोड ४४ लाख ८० हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

कारोवारका आधारमा आज मञ्जुश्री फाइनान्स १०, राधी विद्युत् कम्पनी ९.०४, बोटलर्स नेपाल तराई, ८.२१, जनउत्थान सामुदायिक लघुवित्त ७.०२, गणपति माइक्रोफाइनान्स ६.१६ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.०१ प्रतिशतले कमाए । यसैगरी नेपाल हाइड्रो ९.६९, हिमाल दोलखा हाइड्रोपावर ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ६.६७, यूनियन हाइड्रो ६.०६ र ओरियन्टल होटलका शेयरधनीले ४.६० प्रतिशतले गुमाए ।