६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोना भाइरसको त्रास: विश्वभर खेलकुदका गतिविधि रोकिए

कोरोना भाइरसको त्रास: विश्वभर खेलकुदका गतिविधि रोकिए
अ+ अ-

काठमाडौं । कोरोना भाइरसको त्रासले विश्वभर खेलकुदका गतिविधि रोकिएका छन्। नेपाल सरकारले कोरोना भाइरसबाट सर्वसाधारणलाई सचेत रहन सुझाव दिएसँगै देशभर सञ्चालन हुन लागेका राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चितकालका लागि स्थगित हुन थालेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद प्रतियोगिता रोक्न सम्बन्धित सबै खेलकुद संघलाई निर्देशन दिएको छ। राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जनताको सुरक्षालाई ध्यानमा राखी प्रतियोगिता रोक्न आयोजक संघसंस्थालाई निर्देशन दिएका छन्।

राखेपले सञ्चालनमा रहेका प्रतियोगिता तत्काल सक्न र बाँकी प्रतियोगिता अर्को सूचना नभएसम्म आयोजना नगर्न अनुरोध गरेको छ। कोरोनाका कारण चैत १ गतेदेखि सञ्चालन हुन लागेको नेपालको लोकप्रिय फेन्चाइज लिग क्रिकट एभरेस्ट प्रिमियर लिग (ईपीएल) अनिश्चित समयका लागि स्थगित गरिएको छ। ईपीएल सञ्चालक आमिर अख्तरले पत्रकार सम्मेलन गरी प्रतियोगिताको अन्तिम तयारी भए पनि कोरोना भाइरसका कारण स्थगित गर्नुको विकल्प नभएको बताए। ‘लगानी र आर्थिक अवस्थाभन्दा पनि पहिलो सर्त स्वास्थ्य र सुरक्षा हो। हजारौंको जमघट र विदेशी खेलाडीको आगमनमा हुने ईपीएल गर्न अहिले गाह्रो छ।

सरकार, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), सहभागी टोली र प्रायोजकको सल्लाहमा ईपीएल स्थगित गरेका हौं। प्रतियोगिता अनुकूल समयमा सञ्चालन गर्नेछौं,’ आमिरले भने।कोरोना भाइरसकै कारण दशरथ रंगशालामा चैत १३ र १८ गतेका लागि तय भएको फिफा विश्वकपअन्तर्गतको छनोट खेल पनि सर्ने भएको छ। खेल सार्नका लागि अस्ट्रेलियाले एसियाली फुटबल महासंघ (एएफसी) मा निवेदन दिएको छ। अस्ट्रेलियन सरकारले आफ्ना नागरिकलाई देश नछाड्न निर्देशन दिएको र कोरोनाको जोखिमका कारण अस्ट्रेलियाले तत्काल नेपाल आउन नसक्ने जनाएको छ। अस्ट्रेलिया अहिले एएफसीको निर्णयको पर्खाइमा छ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपअन्तर्गत एसियाली देशको छनोट खेलमा नेपाल समूह ‘बी’ मा छ। यसअघि नेपालले चैत १३ गते चाइनिज ताइपेई र १८ गते अस्ट्रेलियासँग दशरथ रंगशालामा खेल्ने तय भएको थियो। ताइपेईले भने खेल सार्ने विषयमा केही बताएको छैन। फिफा विश्वकपका विषयमा विश्व फुटबल महासंघ (फिफा) र एएफसीका पदाधिकारीबीच अहिले छलफल भइरहेको छ। नेपालले यसअघिका पाँच खेलमा चार हार र एक जित निकालेको थियो। नेपालले ताइपेईलाई २–० गोलले हराएको थियो।

कोरोनाका कारण अहिले विश्वभर अन्य अन्तर्राष्ट्रिय खेलकुद गतिविधि पनि बन्द भएका छन्। जापानमा यसै वर्ष आयोजना हुन लागेको ओलम्पिक खेलकुद सारिने विषयमा छलफल भइरहेको छ। युरोपियन लिग फुटबल र अन्य ठूला प्रतियोगिता दर्शकविनै बन्द स्टेडियममा सञ्चालन भएका छन्। अन्नपुर्णपोष्ट दैनिक