२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र एमालेका नेताहरूबीच बालुवाटारमा छलफल



अ+ अ-

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ ।

प्रधानमन्त्री निवासमा अहिले प्रधानमन्त्री कार्की र एमालेका नेताहरूबीच छलफल चलिरहेको हो ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् । यस्तै, नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।