८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस प्रकोप: अमेरिकामा पनि संकटकाल घोषणा



अ+ अ-

वाशिङ्टन । कोरोना भाइरसको प्रकोप देखा परेपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा संकटकालको घोषणा गरिएको समाचार छ । अमेरिकी सञ्चार माध्यमहरुले मेरिल्याण्डमा तीन जनामा यो भाइरसको संक्रमण देखिएको छ । मेरिल्याण्डका गभर्नर ल्यारी हेगनले यहाँ ३१ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरे । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले पनि यो समाचारको पुष्टी गरेका छन् । ती संकास्पद व्यक्तिमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको छ भने अरु १७ जनामा सामान्य रुघोखोकी देखिएको हो । त्यसैगरी अरु ११ जना संकास्पद विरामीको भने उपाचार जारी रहेको बताइएको छ ।

गभर्नर हेगनले बिहीबार पत्रकार सम्मेलन गरेर बाल्टिमोरमा गरिएको स्वास्थ्य परीक्षणमा तीनजनामा कोरोना पोजेटिभ रिपोर्ट देखिएको घोषणा गरेका हुन् । ती संक्रमितहरु विदेश भ्रमणबाट आएको बताइएको छ । संक्रमित हुनेमा एकजना ५० वर्षका पुरुष र अरु दुईजना दम्पत्ति हुन् । राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि मेरिल्याण्ड राज्यमा संकटकाल घोषणा गरिएको छ । अमेरिकामा यसअघि पनि कोरोनाको संक्रमण देखिसकेको छ । तर यहाँ एकैपटक यतिधेरैमा पोजेटिभ देखिएपछि संकटकाल नै लगाउनुपरेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार अमेरिकामा कम्तिमा ९ जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ । यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्यमा भने संकटकाल घोषणा गरिएको छ । त्यहाँ सबैभन्दा पहिला एक ७१ वर्षीयको ज्यान गएको थियो ।

चीनको वुहानबाट फैलिएको यो भाइरस हाल विश्वका करिब ८० देशमा फैलिएको छ । यो भाइरसको संक्रमण भएपछि खासगरी ज्वरो आउने, घाँटी दुख्ने तथा स्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिन्छन् । अहिलेसम्म विश्वमा यो संक्रमणबाट ३ हजार ३०० भन्दा बढीको ज्यान गइसकेको छ । चीनमा मात्र यसबाट ३ हजार भन्दा बढीको ज्यान गएको छ । त्यसैगरी इटाली, इरान, दक्षिण कोरियामा पनि यसबाट नागरिकको ज्यान गएको छ ।