२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय मूर्तीकला मेलामा रामजीले गाए ११ देशका राष्ट्रिय गान



अ+ अ-


बागलुङ । बागलुङको गल्कोटमा यसै हप्ता सम्पन्न अन्तर्राष्ट्रिय मूर्तिकला मेलामा नेपालका एकजना सुप्रसिद्ध लोकगायक रामजी नेपालीले विश्वका ११ देशको राष्ट्रिय गान गाएका छन् । त्यस अवसरमा नेपालीसँगै त्यस मेलामा सहभागी ११ देशका मूर्तिकारहरूले गायक राजमी नेपालीसँगै आफ्नो देशको राष्ट्रिय गानमा सहभागी भएका थिए ।


गल्कोटमा सहभागी हुन ती ११ देशबाट आएका कलाकारहरु गायक नेपालीसँगै आफ्नो देशको राष्ट्रिय गान गाउन पाउँदा निकै रमाएको देखिएको थियो । विभिन्न ११ मूर्तीकारहरूको सहभागीता रहेको उक्त मेला फागुन ५ देखि सुरु भएर १७ दिनसम्म चलेको थियो । सो मेलामा बाग्लुङकै गायक नेपालीले ११ देशको राष्ट्रिय गान गाएका हुन् ।


नेपाललाइ विश्वमा चिनाउने अभियानमा लागेका र हाल विश्वका २५ देशका राष्ट्रिय गान गाउनसक्ने नेपाली विश्वभ्रमणको अभियानमा छन् । विश्वभ्रमणको सुरूवात नेपालबाटै गर्ने भन्दै उनले नेपालका अधिकांश जिल्लाको भ्रमण गरी सकेका छन् । उक्त अवसरमा मूर्तिकारहरूले नेपालीको प्रतिभाबाट आफूहरू प्रभावित भएको बताएका थिए । उक्त अवसरमा ११ देशका मुर्तिकारसँगै गायक रामजी नेपालीलाई पनि सम्मान गरिएको थियो ।


विभिन्न देशका ११ जना मुर्तिकारहरुको उपस्थितिको हिसाबले यो मेला नेपालकै पहिलो र ऐतिहासिक भएको बताइएको छ । कार्यक्रमको १७ औं समापान भएको थियो । गण्डकी प्रदेश सरकारका पर्यटनमन्त्री विकाश लम्सालको प्रमुख आतिथ्यतामा मेला सम्पन्न भएको जनाइएको छ । सबै स्थानीय एवं मूर्तिकारहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेकोले सबैप्रति आभार भएको आयोजकको भनाइ छ ।