११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेता नेपाल र नवनियुक्त भारतीय राजदूत क्वात्राबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज भेटवार्ता भएको छ ।

भारतीय राजदूत क्वात्रा शुक्रबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको हो।

भेटमा राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना समेत दिएका थिए ।