२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र चलायमान बनाउन उद्योगी तयार : अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमीहरू उद्योग–व्यवसाय विस्तार गर्दै उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न र आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने माध्यमबाट देशको अर्थतन्त्र चलायमान बनाउन पूर्ण तयार रहेको बताउनुभएको छ ।

पाँचौं सुनवल महोत्सवको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले सरकारले सहजीकरण गरिदिए उद्योग व्यवसाय विस्तार गर्न सकिने बताउनुभएको हो ।

‘अहिलेको अन्योल र असहजताले निजी क्षेत्रको मनोबल कमजोर पर्न थालेको छ, जसको प्रत्यक्ष असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने छ,’ उहाँले भन्नुभयो, ‘धेरै उद्यमी–व्यवसायी अझै पनि असुरक्षा र अनिश्चिततामा रहेको महसुस गरेका छन् ।’ उहाँले व्यवसाय र व्यवसायीको सुरक्षालाई राज्यले पहिलो प्राथमिकतामा राखेर तत्काल आवश्यक कदम चाल्न सके मात्र उद्यमीहरू ढुक्क भएर लगानी र व्यवसाय विस्तारतर्फ अघि बढ्ने वातावरण बन्ने दाबी गर्नुभयो ।

‘सरकारले उद्यम, व्यवसाय तथा लगानीका लागि आवश्यक सुरक्षा, स्थिरता र स्पष्ट नीतिगत वातावरण तयार गरिदिए हामी उद्यमीहरू उद्योग–व्यवसाय विस्तार गर्दै उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने माध्यमबाट देशको अर्थतन्त्र चलायमान बनाउन पूर्ण रूपमा तयार छौँ’, उहाँको भनाइ थियो ।

महोत्सवले स्थानीय उत्पादन, सिर्जनशीलता र सम्भावनालाई देशभर चिनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नेछ विश्वास पनि उहाँले लिनुभयो ।