२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा खस भाषामा पठनपाठन



अ+ अ-

जुम्ला । सिञ्जा गाउँपालिकामा पनि आगामी शैक्षिक सत्रदेखि खस भाषामा पठनपान हुने भएको छ । यस अघि जिल्लाको तातोपानी गाउँपालिकाले खस भाषामा पठनपाठन गराउँदै आएको थियो ।

तातोपानी गाउँपालिकाले यहाँका २५ विद्यालयमा स्थानीय खस(जुम्ली) भाषामा पाठ्यपुस्तक निर्माण गरी चालु शैक्षिक वर्षदेखि पठनपाठन गराउँदै आएको थियो । लोपोन्मुख खस भाषालाई जोगाउन पाठ्यपुस्तक तयार गरी विद्यालयमा पढाउने व्यवस्था गराएको जनाइएको छ ।

गाउँपालिकाका २८ मध्ये २५ विद्यालयमा १ देखि ३ कक्षामा शैक्षिक सत्र ०७५/०७६ मा अध्ययन अध्यापन शुरु गरिएको थियो । फागुनदेखि शुरु भएको नयाँ शैक्षिक सत्र ०७६/०७७ मा ४ र ५ कक्षामा पनि पठनपाठन शुरु गरिएको तातोपानीका शिक्षा शाखाका प्रमुख छायादत्त चौलागाइँले बताउनुभयो । यस शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका तीन हजार ८५१ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक अध्ययन गरेका छन् ।

स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तकको अध्ययन हुने भएपछि पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानीका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिकस्थल, मठमन्दिर, पर्यटकीयस्थल, ऐतिहासिक धाम तथा दरबारजस्ता विषय समेटिएको शिक्षा शाखा प्रमुख चौलागाइँले बताउनुभयो ।

त्यसैगरी २ र ३ कक्षाको पाठ्यपुस्तकमा समेटिएका प्राकृतिक, धार्मिक, ऐतिहासिक सम्पदा, कृषिजन्य बाली, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय तथा महत्वलाई खस भाषामार्फत झल्काइएको छ । तातोपानी–५ श्रीनगरस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक छायादत्त खत्रीले खस भाषामा स्थानीय पर्यटकीय तथा धार्मिक सम्पदा बुझ्न पाउँदा थप र सहज तरिकाले ज्ञान हासिल गर्ने मौका मिलेको बताउनुभयो ।

सिञ्जाले २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म नयाँ शैक्षिक सत्र ०७६÷०७७ को आगामी १ वैशाखाट शुरु गर्ने तयारी गरेको वडा नं २ वडाध्यक्ष नवीन शर्माले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले भन्नुभयो, “यो वर्ष कक्षा ३ सम्म र अर्को वर्ष कक्षा ८ सम्म पठनपाठनको व्यवस्था गर्ने लक्ष्य राखेका छौँ ।”