१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

स्थानीय तहमा खस भाषामा पठनपाठन

स्थानीय तहमा खस भाषामा पठनपाठन
अ अ+ अ-

जुम्ला । सिञ्जा गाउँपालिकामा पनि आगामी शैक्षिक सत्रदेखि खस भाषामा पठनपान हुने भएको छ । यस अघि जिल्लाको तातोपानी गाउँपालिकाले खस भाषामा पठनपाठन गराउँदै आएको थियो ।

तातोपानी गाउँपालिकाले यहाँका २५ विद्यालयमा स्थानीय खस(जुम्ली) भाषामा पाठ्यपुस्तक निर्माण गरी चालु शैक्षिक वर्षदेखि पठनपाठन गराउँदै आएको थियो । लोपोन्मुख खस भाषालाई जोगाउन पाठ्यपुस्तक तयार गरी विद्यालयमा पढाउने व्यवस्था गराएको जनाइएको छ ।

गाउँपालिकाका २८ मध्ये २५ विद्यालयमा १ देखि ३ कक्षामा शैक्षिक सत्र ०७५/०७६ मा अध्ययन अध्यापन शुरु गरिएको थियो । फागुनदेखि शुरु भएको नयाँ शैक्षिक सत्र ०७६/०७७ मा ४ र ५ कक्षामा पनि पठनपाठन शुरु गरिएको तातोपानीका शिक्षा शाखाका प्रमुख छायादत्त चौलागाइँले बताउनुभयो । यस शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका तीन हजार ८५१ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक अध्ययन गरेका छन् ।

स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तकको अध्ययन हुने भएपछि पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानीका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिकस्थल, मठमन्दिर, पर्यटकीयस्थल, ऐतिहासिक धाम तथा दरबारजस्ता विषय समेटिएको शिक्षा शाखा प्रमुख चौलागाइँले बताउनुभयो ।

त्यसैगरी २ र ३ कक्षाको पाठ्यपुस्तकमा समेटिएका प्राकृतिक, धार्मिक, ऐतिहासिक सम्पदा, कृषिजन्य बाली, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय तथा महत्वलाई खस भाषामार्फत झल्काइएको छ । तातोपानी–५ श्रीनगरस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक छायादत्त खत्रीले खस भाषामा स्थानीय पर्यटकीय तथा धार्मिक सम्पदा बुझ्न पाउँदा थप र सहज तरिकाले ज्ञान हासिल गर्ने मौका मिलेको बताउनुभयो ।

सिञ्जाले २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म नयाँ शैक्षिक सत्र ०७६÷०७७ को आगामी १ वैशाखाट शुरु गर्ने तयारी गरेको वडा नं २ वडाध्यक्ष नवीन शर्माले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले भन्नुभयो, “यो वर्ष कक्षा ३ सम्म र अर्को वर्ष कक्षा ८ सम्म पठनपाठनको व्यवस्था गर्ने लक्ष्य राखेका छौँ ।”