८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाभाइरस रोक्न सरकारको एक्सन खोइ ? : कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमण नेपालमा फैलन नदिन सरकारले ‘एक्सन’ लिन नसकेको आरोप लगाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले सीमा नाकामा निर्वाध प्रवेश भइरहेको भन्दै सरकारले एक्सन लिनुपर्ने बताएका हुन्।

शुक्रबार ट्वीट गर्दै प्रवक्ता शर्माले ‘सीमा नाकामा स्वास्थ्य परीक्षणबेगर निर्वाध किन प्रवेश जारी छ ? कोरोना रोक्ने रियाक्सनले कि एक्सनले’ भन्ने प्रश्न गरेका छन्।

उनले कोरोनाको खतरा बढ्दा विद्यालय बन्द गर्नुपर्ने उल्लेख पनि गरे। ‘कोरोना खतरा बढ्दा विद्यालय बन्द गर्नुपर्दछ नै तर खतरा भित्रन सक्ने तराइका नाका पुरै खुला राखेर विद्यालय बन्दले मात्र कोरोना संक्रमण रोक्न सकिने हो र ?,’ शर्माले प्रश्न गरेका छन्।