४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

गुवाहाटी टेस्टः भारतमाथि ४०८ रनको जितसहित दक्षिण अफ्रिकाद्वारा क्लिन स्वीप

गुवाहाटी टेस्टः भारतमाथि ४०८ रनको जितसहित दक्षिण अफ्रिकाद्वारा क्लिन स्वीप
अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाले गुवाहाटी टेस्टमा भारतलाई ४०८ रनले पराजित गरेको छ । टिमले यसअघि कोलकातामा भएको टेस्टमा पनि भारतलाई ३० रनले हराएको थियो।

यससँगै दक्षिण अफ्रिकाले २५ वर्षपछि भारतलाई उसको घरमै क्लिन स्वीप गर्यो। यसअघि २००० मा दुई टेस्टको सिरिज २–० ले जितेको थियो।

बुधवार बारसापारा स्टेडियममा ५४९ रनको लक्ष्य पछ्याउँदै भारत १४० रनमै समेटियो। भारतका लागि दोस्रो इनिङ्समा रवीन्द्र जडेजाले सबैभन्दा धेरै ५४ रन बनाए। दक्षिण अफ्रिकाका साइमन हार्मरले ६ विकेट लिए।

दक्षिण अफ्रिकाले चौथो दिन मंगलबार आफ्नो दोस्रो इनिङ्स २६०–५ मा घोषण गरेको थियो। दक्षिण अफ्रिकाले टस जितेर पहिलो इनिङ्समा ४८९ रन बनाएको थियो। जवाफमा भारत २०१ रनमै समेटिएको थियो। यसरी भारतलाई जित्न ५४९ रनको लक्ष्य मिलेको थियो।

साइमन हार्मर सिरिजका उत्कृष्ट खेलाडी

दक्षिण अफ्रिकी स्पिनर साइमन हार्मरलाई प्लेयर अफ द सिरिज घोषित गरियो। उनले दुई टेस्टको सिरिजमा १७ विकेट लिए। तेज बलर मार्को यान्सनलाई प्लेयर अफ द म्याच दिइयो। उनले पहिलो इनिङ्समा ९३ रन बनाए र ४८ रन दिएर ६ विकेट लिए। दोस्रो इनिङ्समा पनि एक विकेट हात पारे।

रनको हिसाबले भारतको सबैभन्दा ठूलो टेस्ट हार

विश्व टेस्ट च्याम्पियन दक्षिण अफ्रिकाले भारतलाई दोस्रो इनिङ्समा १४० रनमै समेटेर ४०८ रनले जित्यो। यो भारतको समग्र टेस्ट इतिहासमै र घरमै रनको आधारमा सबैभन्दा ठूलो हार हो। यसअघि २००४ मा अष्ट्रेलियाले नागपुरमा भारतलाई ३४२ रनले हराएको थियो।

बावुमाको टेस्टमा अपराजित रेकर्ड कायम
दक्षिण अफ्रिकी कप्तान टेम्बा बावुमाको अपराजित रेकर्ड जारी छ। उनको कप्तानीमा टोली अहिलेसम्म एकपटक पनि टेस्ट हारेको छैन। उनले कप्तानी गरेको १२ खेलमध्ये १२ नै जितेका छन्। एक खेल ड्र भएको थियो ।