८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन : भट्टराई



अ+ अ-

काठमाडौं । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसंग दीर्घकालिन सोच र दृष्टि हुनुपर्ने बताउनुभएको छ ।

होटल एम्बासेडोरले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा पुर्व प्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभएको हो । उहाँले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिलेही पनि सफल लिडर बन्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो“लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो र अरुले भन्दा पहिले देख्ने हो । अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन । हामी कहाँ के छ भने, धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन् । त्यो लिडरै होइन । लिडर भएर अनपपुलर कुरा गर्न सक्नुपर्छ । सही,साईन्टिफिक कुरा र देश र समाजलाई हित हुने कुरा गर्न सक्नुपर्छ । ”

आफु प्रधानमन्त्री भएको बेला काठमाण्डौ उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षा सहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुत पनि सही निर्णय भएको स्मरण गर्दे उहाँले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताउनुभयो । साँघुरा सडकलाई विस्तार गरी ट्राफिक जाम अन्त्य गर्नुको साथै शहरलाई सुन्दर बनाउने आँकाक्षा सहित गरेको निर्णयले होटल एम्बासेडोरलाई पनि नोक्सानी पुर्याएपनि अहिले पुर्नसंचना पछि झन राम्रो स्वरुपमा आएको भन्दै उहाँले त्यस कार्यलाई ‘क्रियटिभ डिस्टक्सन’ को संज्ञा दिनुभयो ।

भट्टराई प्रधानमन्त्री भएका बेला कंलकी,त्रिपुरेश्वर, कोटेश्वर हुदै तिलगंगासम्म, त्रिपुरेश्वर, लाजिम्पाट, महाराजगञ्ज हुदै बुढानिलकण्ठ जाने बाटो र कमलपोखरी हुदै विमास्थल जाने बाटो विस्तारको समयमा यस होटलको केही भाग भत्काउनु परेको थियो ।