२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज दुई अपराजित टोलिबीच भिडन्त



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आज विभिन्न नौ खेलहरु हुँदैछन् । तीमध्ये आज दुई अपराजित टोलिबीचको भिडन्त रोचक हुनेछ ।

इंग्लिस क्लब आर्सनल र जर्मन महारथी बायर्न म्युनिख च्याम्पियन्स लिगमा अपराजित टोलि हुन् । चार खेल खेल्दा दुबै टोलिले चारै खेल जितेका छन् । खेल नेपाली समयानुसार मध्यरातमा १ः४५ बजे आर्सनलको घरेलु मैदान इमिरेट्स मैदानमा सुरु हुनेछ ।

आर्सनलले चार खेलमा ११ गोल गर्दा एक गोल पनि खाएको छैन । पहिलो खेलमा उसले एथ्लेटिक विल्बाओलाई २–० ले हराएको थियो भने दोस्रो खेलमा ओलिम्पियाकोसलाई २–० ले तथा एट्लेटिको मड्रिडमाथि ४–० को स्पष्ट जित निकालेको उसले पछिल्लो खेलमा साल्भिया प्राहलाई ३–० ले हरायो ।

बायर्नले पनि १४ गोल गरेर ३ गोल मात्रै खाएको छ । बुन्डेसलिगामा बायर्न अपराजित नै छ । ११ खेलमा १० जित र एक बराबरी खेलेको टोलि ३१ अंकका साथ शीर्षस्थानमा छ । अर्कोतर्फ आर्सनल पनि प्रीमियर लिगमा शीर्षस्थानमा रहेको छ । १२ खेलमा ९ जित तथा दुई बराबरी र एक हार ब्यहोरेको टोलिको २९ अंक छ ।