४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

एनपिएलमा नेपाली खेलाडीको प्रदर्शन उच्च लयमा बढ्दै

एनपिएलमा नेपाली खेलाडीको प्रदर्शन उच्च लयमा बढ्दै
अ+ अ-

काठमाडौँ । क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका छन् ।

एघार खेल सकिँदा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरिरहेको प्रतिक्रिया आइरहेको छ । सम्पन्न ११ मध्ये चार खेलमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गरेर आफ्नो टिमलाई जिताएर ‘प्लेयर अफ द म्याच’ समेत भएका छन् ।

चारमध्ये पछिल्लो तीन खेलमा लगातार रूपमा नेपाली खेलाडी चम्किँदै ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । मङ्सिर ९ गते सम्पन्न खेलमा काठमाडौँ गोर्खाजका कप्तानसमेत रहेका करण केसीले ११ बलमा अविजित ३४ रन र बलिङमा एक विकेट लिएर आफ्नो टिमलाई जिताए । लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै उनी उक्त खेलका उत्कृष्ट खेलाडी करण चुनिए ।

मङ्सिर ८ गते सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध अलराउण्ड प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट खेलाडी चयन भए । सुदूरपश्चिम ४५ रनले विजयी भएको सो खेलमा दीपेन्द्रले चार विकेट लिनुका साथै ब्याटिङमा ३९ रनको योगदान गरेका थिए ।

मङ्सिर ८ गते सम्पन्न पहिलो खेलमा जनकपुर बोल्ट्सलाई नौ रनले हराएको विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेले । चार विकेट लिएर टिमलाई जिताउन महत्वपूर्ण योगदान दिएका उनले ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

मङ्सिर २ गते भएको पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको विराटनगरका लागि लोकेश बम उत्कृष्ट खेलाडी भए । उनले ७८ रनको पारी खेलेका थिए । यसैबीच एनपिएलको पहिलो खेलमा मङ्सिर १ गते काठमाडौँले जनकपुरलाई पाँच विकेटले हरायो । जसमा अलराउण्ड प्रर्दशन गर्दै विदेशी खेलाडी मिलिन्द कुमार ‘प्लेयर अफ द म्याच’ भए । उनले तीन विकेट लिनुका साथै १९ रन बनाएका थिए ।

यस्तै मङ्सिर २ गते भएको पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको खेलमा चितवन राइनोजका विदेशी खेलाडी रवी बोपरा उत्कृष्ट भए ।

उनले ५२ रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए । मङ्सिर ३ गते भएको पहिलो खेलमा काममाडौँलाई २९ रनले स्तब्ध पार्दै सुदूरपश्चिमले जितेको खेलमा पनि विदेशी खेलाडी हर्मित सिंह उत्कृष्ट चुनिए । उनले ब्याटिङमा ५३ रन र दुई विकेट हात पारेका थिए ।

मङ्सिर ४ गते भएको चितवनविरुद्धको खेलमा लुम्बिनीले छ विकेटको जित दर्ता गर्यो । जसमा पनि विदेशी खेलाडी रुबेन ट्रपेलम्यानले तीन विकेट लिँदै प्लेयर अफ द म्याच भए ।

मङ्सिर ५ मा सम्पन्न पोखराविरुद्धको खेलमा सुदूरपश्चिम १८ रनले विजयी भयो । उक्त खेलमा विदेशी खेलाडी जोश ब्राउनले ६८ रन हिर्काउँदै उत्कृष्ट भए ।

मङ्सिर ६ गते लुम्बिनीलाई नौ विकेटले हराएको खेलमा कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाट उत्कृष्ट भए । उनले ११४ रन बनाउनुका साथै एक विकेट हात पारेका थिए ।

सोही दिन भएको अर्को खेलमा विराटनगरले काठमाडौँलाई पाँच विकेटले हरायो । जसमा मर्चेन्ट डे लाङगले दुई विकेट लिँदै प्लेयर अफ द म्याच भए । हालसम्म सुदूरपश्चिमले लगातार तीन खेल जितेर छ अङ्कका साथ शीर्ष स्थानमा छ ।

समान तीन खेल खेलेर छ अङ्क जोडेको विराटनगर रनरेटका आधारमा दोस्रो स्थानमा छ । चारमध्ये दुई खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल जितेको कर्णाली चौथो, दुईमा एक जितेको चितवन पाँचौँ, तीनमा एक जितेको लुम्बिनी छैटौँ, दुईमा दुई हारेको जनकपुर सातौँ र दुईमा दुई नै हारेको पोखरा पुछारमा छ ।

व्यक्तिगत रूपमा सर्वाधिक रनकर्तामा कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडी मार्क वाट रहेका छन् । उनले हालसम्म सबैभन्दा बढी १४७ रन बनाएका छन् । उनले प्रतियोगितामा शतकसमेत बनाएका थिए । जुन जारी सिजनको हालसम्मको एकमात्र शतक हो ।

यसैबीच बलिङमा भने नेपाली खेलाडी प्रथम स्थानमा रहेका छन् । विराटनगर किङ्सका कप्तानसमेत रहेका लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा छन् । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा जारी प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।