४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ

त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ
अ+ अ-

कीर्तिपुर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । दर्शकले खाद्य स्टल, शौचालयलगायत सुविधाको भने उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेका हुन् ।

रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको प्यारापिटसहित अन्तरराष्ट्रियस्तरको निर्माण भएको छभने ‘फ्लडलाइट’का कारण राति पनि खेल सम्भव भएकाले एनपिएलको उत्सह थपिएको कैलालीको टीकापुरबाट खेल हेर्न आउनुभएका सुदूरपश्चिम रोयल्सका समर्थक विशाल जोशीले बताउनुभयो । बास्न, हेर्न र दर्शनको क्षमतामा वृद्धि भए पनि चिया, पानी र शौचालयको भने उचित व्यवस्थापन हुन नसकेको उहाँको गुनासो छ ।

दर्शकले सुविधा र प्रविधिका हिसाबले दोस्रो संस्करण उच्चस्तरको भएको बताउँदै आगामी दिनमा व्यवस्थित खाद्यस्टल तथा शौचालयको सुविधा थप गर्नुपर्नेमा जोशीले जोड दिनुभयो । “पोहोर गेटबाट प्रवेश गर्न पनि असहज थियो । दर्शकको घुइँचो व्यवस्थापन कमजोर हुँदा, धक्का खाँदै धुलैधुलो भएर खेल हेर्ने ठाउँ खेज्नुपथ्र्यो । बस्ने स्थान चिसो हुँदा कागज ओछ्याएर बस्नुपर्ने बाध्यता थियो । यसपालि सुरुदेखि नै व्यवस्थित छ, आरामले सिटमा बसेर हेर्न पाइएको छ”, उहाँले भन्नुभयो ।

पोहोरको तुलनामा सुरक्षा व्यवस्थापन, पार्किङलगायतको व्यवस्थापन पनि सहज भएको जोशीले बताउनुभयो । शौचालयको पर्याप्त व्यवस्था नहँुदा, पानी र खाजागायतका लागि खाद्यस्टल नभएकाले केही अप्ठ्यारोमा पर्ने गरेको उहाँले प्रतिक्रिया दिनुभयो । “पहिलो दिन त पानीको व्यवस्थासमेत थिएन, दर्शकले आवाज उठाएपछि दोस्रो दिनदेखि पानी भने पाइयो”, उहाँले थप्नुभयो ।

भित्र केही सुविधासम्पन्न रेस्टुराँका स्टल रहे पनि अधिकांश दर्शकका लागि महँगो हुने उहाँले बताउनुभयो । आफूले समर्थन गरेको सुदूरपश्चिमको खेल अहिलेसम्म राम्रो रहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

एनपिएल हेर्न सात वर्षको छोरासहित कीर्तिपुर पुग्नुभएकी शान्ति शाहले पोहोरको तुलनामा टिकट बिक्री छिट्टै भएकाले रोजेको टिमको खेल हेर्न नपाएको गुनासो गर्नुभयो । पोहोर आफूले उभिएर हेर्नुपरेको सम्झदै उहाँले यस पटक भने सपरिवारले सहज रूपमा अवलोकन गर्न पाइरहेको प्रतिक्रिया दिनुभयो ।

कर्णाली एक्सका समर्थक राजेश रानाले गत वर्षजस्तो चौरको चिसोमा बसेर खेल देर्नुनपरेको बताउनुभयो । रङ्गशाला अन्तरराष्ट्रियस्तरमा पुगेकाले पोहोरकोभन्दा प्रभावकारी व्यवस्थापन गरिँदा यसपटक खेल हेर्न सहज हुनुका साथै दर्शक पनि बढेका उहाँको भनाइ छ । “टिकटको मूल्य बढेको भए पनि वितरण र रङ्गशालामा प्रवेश गराउने प्रक्रियासमेत व्यवस्थस्थित छ”, उहाँले भन्नुभयो ।

एनपिएल हेर्नका लागि जुम्लाबाट कीर्तिपुर आउनुभएका तरुण काफ्लेले पोहोरभन्दा उत्कृष्ट व्यवस्थापन भएको प्रतिक्रिया दिनुभयो । “पोहोर यत्तिको व्यवस्था थिएन । टिकट ब्ल्याकमा बिक्री हुने र जो सुकै पनि छिर्न सक्ने अवस्था थियो । अहिले सुरक्षासहित टिकट बिक्रीवितरण पनि प्रभावकारी रूपमा भइरहेको छ”, उहाँले भन्नुभयो ।