२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिँड्न थाले प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओली आज अपरान्ह सामान्य हिँड्डुल गरेका छन् । शिक्षण अस्पतालले आज प्रधानमन्त्रीको स्वास्थ्य बुलेटिक प्रकाशन गरी सो कुराको जानकारी गराएको छ । प्रधानमन्त्री ओलीको अस्ती बुधबार मात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको पनि सो अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले विज्ञप्तिमा जनाएका छन् ।

खड्गाका अनुसार प्रधानमन्त्री ओलीलाई ठोस खाना पनि खुवाउन थालिएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि सुधार आएको बताइएको छ । चिकित्सकहरुले उनलाई एक हप्तापछि डिस्चार्ज गर्ने तयारी गरिरहेका छन् ।