१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई जस्तै सबैलाई मिर्गौला प्रत्यारोपणको सुविधा होस- सांसद ढकाल



अ+ अ-

काठमाडौं । राजपाकी सांसद नरमाया ढकालले प्रधानमन्त्री केपी ओलीलाई जस्तै सबै मिर्गौला रोगीलाई मिर्गाैला प्रत्यारोपणको सुविधा प्राप्त होस् भनी कामना गरेकी छिन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गरिन् । उनले प्रधानमन्त्रीलाई आफनो मृगौला दिने समिक्षा ज्ञवालीको साहसको पनि उच्च कदर गरेकी छिन् । दुई पटक नै प्रधानमन्त्री ओलीले महिलाहरुबाट मिर्गाैला प्राप्त भएको स्मरण गराउदै अंगदान सम्बन्धी कानूनी जटिलताका कारण कठिनाई भोगिरहेका नागरिकहरुको बारेमा कानूनी जटिलता हट्ने विश्वास लिएको बताइन् । साथै स्वदेशको सरकारी अस्पाताल र स्बदेशी चिकित्सकहरुप्रतिको प्रधानमन्त्रीको विश्वास आगामी दिनमा पनि निरन्तरता रहने र अन्य नेतृत्वले पनि अनुसरण गर्ने वातावरण बन्ने अपेक्षा गरेको पनि बताइन् ।

साथै संसदमा सम्बोधनका क्रममा उनले कोरोन भाइसरको त्रास विश्वभर रहेकोले हाम्रो मुलुक पनि त्रासमा नै रहेको प्रसंग उल्लेख गरिन् । यसैकारण नेपालमा नागरिक सचेतना कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न र यस बारे निरन्तर संसदलाई जानकारी गराउन सरकारसँग माग पनि गरिन् । साथै कृतिम अभाव उत्पन्न गरी बजारमा औषधी, माक्स, खाध्य सामग्रीको कालोबजारी गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गरी सरकार छ भन्ने अनूभुति दिने बाताबरण बनाउनु पर्ने माग पनि गरिन् । यस विषयमा सरकारले ठोस कदम चाल्नुपर्ने माग पनि गरिन् ।