३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
अ+ अ-

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

यहाँ आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चलनमा रहेका होमस्टे तथा रिर्सोटमा समय बिताएर अधिकाँश पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा घुम्ने गर्छन् ।

“हामीसँग सीमित जीप मात्रै छन्, त्यसैले जसले पहिला खबर गरेको हुन्छ उसैलाई घुमाउछौँ”, मिनी गाभर सामुदाियक होमस्टेका सञ्चालक बाबुराम चौधरीले भन्नुभयो । उहाँले खास गरी शनिबार आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परेको उल्लेख गर्दै विदेशीले बाघ देख्न पाउँदा निकै खुशी हुने गरेका बताउनुभयो । यस बाहेक नाट्टा बाँकेसहित अन्य व्यवसायीले पनि थप सफारी जीप सञ्चालन गर्ने तयारी गरेका छन् ।

मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक चौधरीले निकुञ्जमा सफारी गर्न आउने पर्यटकको माग बढ्न थालेको उल्लेख गर्दै निकुञ्जमा जङ्गल सफारी गराउन गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले दुई थान सफारी जीप सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले दिनहँजसो २५ देखि ३० जनाको समूहमा पर्यटक काठमाडौँ, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज र भारतका लखनउ, बहराइच तथा ठूला शहरलगायतका स्थानबाट आउने गरेको बताउनुभयो ।

थारु संस्कृतिमा आधारित होमस्टेमा आउने पर्यटक जङ्गल सफारीसँगै थारु संस्कृतिमा नै रमाउने गरेको चौधरीको भनाइ छ । होमस्टेमा आउने पाहुनाका लागि चार घण्टा र आठ घण्टाको जङ्गल सफारी तथा जङ्गलमा ‘नाइट स्टे’ प्याकेज राखिएको छ । सफारीबापत् चार घण्टाको रु १२ हजार र आठ घण्टाको रु १६ हजार शुल्क निर्धारण गरिएको छ । जङ्गलमा रात्रि बास र खान तथा बस्नको लागि अलग प्याकेज रहेको छ ।

होमस्टेमा आउने पर्यटक प्रायः सफारी गर्न र जङ्गलमा ‘नाइट स्टे’ गर्न मन पराउँछन् । केही समयअघि मात्रै निकुञ्जको करेली मचानमा अमेरिकी नागरिकले नाइट स्टे गरेका र निकुञ्जभित्र जङ्गल सफारी गराउँदा पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौकालगायतका वन्यजन्तु पटक पटक अवलोकन गर्न पाएका थिए ।

नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जदेखि करिव २२ किलोमिटरको दुरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएको बताउनुभयो । उहाँले निकुञ्जभित्रको बाटो खुला भइसकेको र यसले गर्दा निकुञ्जभित्र सहज रूपमा सफारी गर्न पाइने भएकाले बन्यजन्तु हेर्न निकुञ्जमा आउन आग्रह गर्नुभयो ।

नेपाल–भारत सिमानाका खुला रहेकाले छिमेकी देश भारतबाट पनि पर्यटक भित्रायाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै सिग्देलले निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले पर्यटनकर्मीलाई उत्साहित बनाएको धारणा राख्नुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको उल्लेख गर्दै जङ्गल सफारीका लागि नीजि लगानी बढ्न थालेको बताउनुभयो ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो ।