२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर प्रहरीको सकृयतामा नगद र लालपुर्जासहितको ब्याग फेला



अ+ अ-

काठमाडौं । गत फागुन १९ गते उदयपुरको गाइघाटबाट कोटेश्वर आउनेक्रममा टाटा सुमोबाट हराएको नगद, लालपुर्जा लगायतका महत्वपूर्ण कागजपत्र भएको झोला महानगरीय प्रहरी प्रभागकी प्रमुख, प्रहरी निरीक्षक सुभद्रा वाइवाको सकृयतामा शुक्रबार समवन्धित झोला धनीले फिर्ता पाएका छन् ।

खोटाङ्ग जन्तेढुंगा गाउपालिका वडा नं ६ घर भई हाल ललितपुर महानगरपालिका वडा नं १४ तिखिदेवल बस्ने ६९ वर्षिय यात्रु हर्कराज राईको नगद ३० हजार, ३ थानलालपुर्जा, २ थान नागरिकता, एकथान पेन्सनपट्टा, एक थान अपाङ्ग परिचयपत्र, एक थान भुकम्प पीडित परिचयपत्र सहितको कालो रंगको पछाडि भिर्ने झोला फागुन १९ गते गाइघाटबाट कोटेश्वर आउने क्रममा चालकको लापरवाहीका कारण हराएको थियो । चालकले सवारी साधनको छतमा सुरक्षित रुपमा बाँधेर राख्नुपर्ने यात्रुको झोला हेलचक्र्याई गरी राखेको कारण यात्राको क्रममा उक्रझोला गाडीबाट बाटोमा खसेको थियो ।

हराएको झोला खोजी गर्नको लागि सोहीदिन पीडित यात्रु राईले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा निवेदन दिएकोमा प्रहरी निरीक्षक वाइवाले यात्रु राईले यात्रा गरेको ना १ ज ५४५१ नं को टाटा सुमोका चालक उदयपुर त्रियुगा नगरपालिका वडा नं ८ घर भएका चालक राजन दनुवार र सवारी धनी उदयपुर रौतामाईका आङ्गपाल्दे शेर्पालाई तत्कालै झिकाएर १५ दिनभित्र हराएको सामान खोजीगर्न निर्देशन दिएको थियो ।

साथै कोटेश्वर प्रहरीले उदयपुर हुँदै कोटेश्वरसम्म आइपुग्दा बाटोमा पर्ने जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत हराएको झोलाबारे जानकारी गराएको थियो ।
प्रहरीको सकृयतापछि सवारी धनीतथा गाडी चालकले महत्वपूर्ण कागजात र नगदसहितको झोला हराएको संभावित ठाउँ वरिपरि खोज्ने क्रममा सिन्धुलीका एक जना पुर्व कर्मचारीले उक्त झोला भेटेर राखेको अवस्थामा फेलापारेको चालकले दनुवारले प्रहरीलाई बताए ।

१९ फागुनमा हराएको महत्वपूर्ण कागजात सहितको झोला प्रहरी निरीक्षक वाइवाले उक्त झोलाधनी राईलाई उनकी छोरी नानुकला राई र वरिष्ठ पत्रकार वलराम प्यासीको रोहवरमा हस्तान्तरण गरीन । आशमारेको नगद र महत्वपूर्ण कागजात सहितको झोला५ दिनभित्रैहात परेकोमा जेष्ठ नागरिक राईले प्रहरी निरीक्षक वाईवा सहित कोटेश्वर प्रहरीलाई धन्यवाद दिए ।