१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता



अ+ अ-

काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

नुमा लिम्बूको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलवार दल दर्ता प्रमाण पत्र पाएको छ । दल दर्ता प्रमाणपत्र बुझ्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वराज अधिकारीले राज्यका हरेक निकायमा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरिएको बताउनु भयो । उहाँले पुराना राजनीतिक दलहरुले यो समुदायलाई लामो समयदेखि भोट बैंकको रुपमा प्रयोग गरेपछि यो समुदायको हक र अधिकार स्थापित गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समुदायलाई भोट बैंकको रुपमा लामो समयदेखि राजनीतिक दलहरुले प्रयोग गर्दै आए । तर पनि हामीले समाजमा आधारभुत अधिकार समेत पाउन सकिरहेको अवस्था छैन । अब हाम्रो माग र मुद्दाहरु आफैं उठाउने भनेर दलहरु दर्ता गराएका हौँ । कानूनले पूर्णअधिकार दिएको भएपनि कार्यान्वयन नभएको कारण समूदाय र राज्यको हरेक तह र तप्कामा समान खालको प्रतिनिधित्व हुनुपर्छ भनेर दल दर्ता गराएका हौं ।’

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई संविधानले दिएका सबै अधिकारहरुको कार्यान्वयन दलको पहिलो प्राथमिकता रहने उहाँको भनाइ छ ।