२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिकमले डाटा सेवा प्रभावकारी बनायो



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ । कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको बताएको छ ।

डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको ‘पिसिआरएफ’ प्रणालीबाट जिएसएम प्रविधिअन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले स्तरोन्नति गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।

पिसिआरएफ प्रणालीलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् । यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् । यस स्तरोन्नतिबाट कम्पनीको जिएसएम टुजी÷थ्रीजी÷फोरजीअन्तर्गतका डाटा सेवा ग्राहक वर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ ।