काठमाडौं । सरकारले राजधानीका विभिन्न सडकको स्तरोन्नति, मर्मत तथा खाल्टाखुल्टी पुर्ने कामलाई तीव्रता दिएको छ । सरकारले कालोपत्रे भएर पनि बिग्रिएका तथा कालोपत्रे हुन नसकेका सडकको मर्मत र स्तरोन्नति गर्ने कामलाई तीव्रता दिइएको हो ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक निर्माण, मर्मत तथा स्तरोन्नतिको काम भएरनभएको बुझ्न ‘फिल्ड’मै पुगेर निरीक्षण गरेका छन् ।
शनिबार काठमाडौंको सोह्रखुट्टे लिङ्क रोडदेखि ढल्को लिङ्क रोडसम्मका विभिन्न स्थानमा कालोपत्रे गरिदै छ । मन्त्री मानन्धरकै पहलमा लामो समयदेखि अस्तव्यस्त बनेका सडकहरु कालोपत्रे गर्न लागिएको हो । यसको निरीक्षणमा मन्त्री मानन्धर आफैँ त्यहाँ जाने भएका छन् ।
बालाजु बाइपासदेखि मुड्खु भञ्ज्याङसम्म पुग्ने सडक पनि शनिबारदेखि नै कालोपत्रे सुरु हुने बताइएको छ ।