२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा १ लाख कोरोना रोगी ! ५६ हजार उपचारपछि घर फर्किए



अ+ अ-

काठमाडौं । विश्वमा १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको भएका छन् भने ३ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ६५ जना अझै पनि सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये ३५ हजार ९ सय ६४ जना सामान्य अवस्थामा रहेका र ६ हजार ४ सय १ जनाको अवस्था गम्भिर रहेको छ । अहिलेसम्म ९७ देशमा कोरोना संक्रमित भेटिएका छन् ।

गएको २४ घण्टामा थप ७९ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा इटालीमा थप ४७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या २ सय नाघेको छ ।

बारम्बार साबुनपानीले हात धुने, खोक्दा र हाच्छँयू गर्दा रुमाल अथवा कपडाले नाकमुख छोप्ने र अनावश्यक रुपमा नाक, आँखा र मुख नछुने र छुनै परे साबुनपानीले हात धोएर मात्र छुने गर्दा पनि संभावित जोखिमबाट बच्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।