१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व हो’



अ+ अ-

देवदह । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु तथा सुशासनका निम्ति सबल आधार तयार गर्नु रहेको बताउनुभएको छ ।

आज भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताउनुभयो ।

केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढसुरक्षा योजना तयार गरी कार्यान्वयनमा जान सुझाव दिनुभयो ।

“राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीको रुपमा औँल्याउनुभएको छ, हामीले धेरै परिमाणमा विशेष अपरेशनमार्फत ती हतियार फिर्ता ल्याइसकेका छौंँ धेरै कैदी पनि फिर्ता भइसकेका छन्”, गृहमन्त्री अर्यालले भन्नुभयो ।

सङ्घीय गृह मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन कायम गर्न प्रदेश सरकार रणनीतिक योजना बनाएर अघि बढेको बताउनुभयो ।