९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्ने बताउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गर्नुभएको छ ।

शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणको लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्नुभयो । मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेको भुमिका असाधारण रहेको उल्लेख गर्दैै उहाँले लोकतन्त्रको स्थापनासँग सवैभन्दा विकसित तवरले अघि बढेको नै प्रेस जगत भएको बताउनुभयो ।

सूचना प्रविधिको विकास सँगै अझ वढी प्रेस जगतको आवश्यकता बढेको उल्लेख गर्दै समाजवादको आधार तयार पार्ने मेरुदण्डको रुपमा प्रेस रहेको बताउनुभयो । नेपालको सामाजिक, आर्थिक, सास्कृतिकलगायतका क्षेत्रहरुको रुपान्तरणको लागि महत्वपूर्ण जिम्मेवारी प्रेस संगठनका पत्रकाहरुको रहेको उल्लेख उहाँले गर्नुभयो । क्रियाशिल, अध्ययनशिल, जिम्मेवारशिल हुनुपर्नेमा जोड दिँदै उहाँले तथ्य र वस्तुगत कुराहरुको आत्मसात् गर्नु अहिलेको अनिवार्य आवश्यकता रहेको औल्याउनुभयो ।

अध्ययन नै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उहाँले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिनुभयो । राम्रो पत्रकार आवश्यक रहेको तर कुनै गुट पार्टीको पर्चाकार हुनु नहुने बताउँदै आलोचनात्मक चेत तथा तथ्य नभएमा पत्रकार हुनै नसक्ने समेत उहाँले दावी गर्नुभयो ।

सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पुरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उहाँले रणनैतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार भएको बताउनुभयो । क्रान्तिको नयाँ मोडेलमा नेपाल अघि बढेको बताउँदै उहाँले विश्वभरिका न्याप्रेमी शक्तिहरु सफलताको कामना गरिरहेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ बाटोका साथमा अघि बढ्दै विश्वमा नयाँ प्रयोग तथा विस्तार हुने डरले कतिपय पुँजीपति वर्ग तथा साम्राज्यवादी शक्तिहरु असफल बनाउन गिद्धेनजरले हेर्दै असफलता बनाउन लागि परिरहेकाले त्यसलाई विशेष रुपमा सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै कार्यक्रममा एकिकृत रुपमा निर्माण भएको प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीको साथमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको समेत सपथ ग्रहण समेत सम्पन्न भएको छ ।