२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले ग्यास लुकाएर कालो बजारी गरेमा खबर गर्नुहोस् : मन्त्री भट्ट



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताउनुभएको छ ।

नोभल कोरोना भाइरसका कारण बजारमा अत्यावस्यक वस्तुहरुको अभाव सिर्जना हुने हल्ला चलाएर कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई गराई अनुगमनकर्ता बन्न आग्रह गर्नुभएको हो । शनिबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री भट्टले खाना पकाउने ग्यास, पोट्रोलियम पदार्थ, नुन, चिनी लगायतका अत्यावस्यक वस्तुहरु बजारमा प्रयाप्त रहको र कसैले लुकाएर कालो बजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न आग्रह गर्नुभएको हो । उहाँले भारतले नेपालका लागि आवश्यक पर्ने औषधि सहज उपलब्ध गराउने जनाइसकेकोले कुनैपनि औषधिको अभाव नहुने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बजारमा कुनैपनि वस्तुको अभाव नरहेको बताउनुभयो । अत्यावस्यक सामग्रीहरु बजारमा प्रसस्त रहेको भन्दै कालोबजारीलाई सघाउ पुग्नेगरी हल्ला नगर्न आग्रह गर्नुभयो ।

उपभोक्ताकर्मी प्रेमलाल महर्जनले सरकारले कालोबजारी भइरहेका बेला बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो । उहाँले प्राकृतिक विपदको बेला कालोबजारी गर्नेमाथि अनुगमन बढाई उचित कारबाही गर्नुपर्ने बताउनुभयो ।

नोभल कोरोना भाइरसका कारण बजारमा मास्क, पञ्जा लगायतका वस्तुहरुको अभाव भएको छ । त्यस्तै भारतले औषधि निर्यात नगर्ने बताएसँगै अत्यावश्यक औषधिको समेत अभाव हुने हल्ला चलेको छ । त्यसबाहेक खाना पकाउने ग्यासको समेत अभाव देखिन थालेको छ । त्यस्तै खाध्य सामग्रीको समेत अभाव हुने भन्दै कालोबजारी गर्नेहरु सक्रिय भएकोले बजारमा कालोबजारी बढेको उपभोक्ताकर्मी महर्जनले बताउनुभयो ।