२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकप्रिय गायिका मेलिना राईको ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत रोमान्टिक डान्सिङ फ्लेवरको छ र भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । राजेन्द्र पाण्डेको छायाँकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्र्रो गीतको राम्रो भिडियो लिएर स्रोतारदर्शकमाझ आएका छौ, हाम्रा अघिल्ला भिडियोहरु जस्तै यो भिडियोले पनि स्रोतारदर्शकको मन जित्नेमा आशावादी रहेका छौं’, निर्देशक कृष्णले भने ।

https://www.youtube.com/watch?v=SFmhqRQJO_c&feature=youtu.be