३० श्रावण २०८३, शनिबार
,
Latest
मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक



फाइल फाेटाे
अ+ अ-

महेन्द्रनगर, (कञ्चनपुर) । तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो ।

तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । कूल ६२ किमी सडकमध्ये हालसम्म ५० किमी मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन चरणमध्ये दोस्रो चरणको करिब १२ किमी हुलाकी सडक कालोपत्र हुन नसकेको बताउनुभयो ।

“दोस्रो २२ किमीको काममा एक हजार १०० मिटर भारतसँगको सीमा विवादका कारण निर्माण छाडेको हो । सोसहित १२ किमी कालोपत्र भएको छैन”, उहाँले भन्नुभयो, “२२ किमीको निर्माण अन्तिम चरणमा पुगेको छ ।”

त्यसैगरी सोही सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणका लागि चालु आवमा रु २५ करोड बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीलगायत अन्य जिल्लासम्मको आवागमनमा सहज भएको छ ।

“वर्षौंसम्म हिलो र धुलो खाएर यात्रा गर्नुपरेको छ”, बेलौरीका शिक्षक केशव विष्टले भन्नुभयो, “अढाई वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपर्‍यो ।” रासस