२० भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो बलिङ गरेको भए २० औं ओभरसम्मै स्पिनर खेलाउँथेँः सन्दीप लामिछाने



अ+ अ-

काठमाडौँ । विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले  पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउनसक्ने बताएका छन् ।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई मद्दत पुग्ने खालको पिच रहेको उल्लेख गर्दै पहिले बलिङ गरेको भए आफूहरूले पनि २०औं ओभरसम्म स्पिनर नै लगाउनसक्ने बताएका हुन् ।

पहिले बलिङ गरेको जनकपुरले १६ औं ओभरसम्म स्पिनर नै लगाएको थियो । त्यस क्रममा जनकपुरले किफायती बलिङ पनि गर्यो । जवाफमा विराटनगरले पनि स्पिनर नै धेरै प्रयोग गर्यो ।

सन्दीपले आजको खेलमा फास्ट बलरले राम्रो गरे पनि स्पिनर फेबरेट पिच रहेको उल्लेख गरेका हुन् । उनले स्पिनर सूर्य तामाङ र नरेन भट्टले पनि उत्कृष्ट बलिङ गरेको र समग्र बलिङ युनिट राम्रो हुँदा लक्ष्य जोगाउन सफल भएको उनको भनाइ छ ।

ब्याटिङ गर्न कठिन रहेको पिच पनि ब्याटरले राम्रै खेलेको उनी बताउँछन् । यही टिमले राम्रो गरिरहेको अवस्थामा फाफ डुप्लेसिसलाई कहाँ प्रयोग गर्ने भन्ने बारे टोली स्पष्ट रहेको सन्दीपको भनाइ छ ।

लगातार दोस्रो हारपछि जनकपुर बोल्ट्सका प्रशिक्षक शिभनारिन चन्द्रपउलले शीर्ष क्रमका ब्याटर असफल हुँदा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिएका छन् । १६ ओभरसम्म स्पिनर प्रयोग गर्न पिचको आवश्यक रहेको र त्यसमा सफल पनि भएको उनले उल्लेख गरे । तर ब्याटिङ राम्रो गर्न नसकेको प्रशिक्षक चन्द्रपउलले बताए ।

उनले केही क्षेत्रमा आफूहरू असफल भएको उल्लेख गरे । अब आगामी खेलमा ध्यान केन्द्रित गरेर जित निकाल्ने उनी बताउँछन् । उनले सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी रहेको र उनमा धेरै क्षमता रहेको उल्लेख गरेका छन् ।